बुधबार, ०२ जेठ २०८१

क्यान्सर पीडित मोनिकालाई आर्थिक सहयोग

२१ आश्विन २०७५, आईतवार २१:२९ मा प्रकाशित

गोरखा मुस्लिम एकता सेवा समाज कतारले क्यान्सर पीडित मोनिका रानाका लागि एक लाख बाह्र हजार रुपैया सहयोग प्रदान गरेको छ ।
गोरखा मुस्लिम एकता सेवा समाज कतारका महासचिब इब्राहिम मियाँ को संयोजकत्वमा
कतार र नेपालमा संकलित रकम आइतबार हस्तान्तरण गरिएको हो ।


गोरखा मुस्लिम एकता सेवा समाज कतारका अध्यक्ष मुमजन मियाँ र केन्द्रिय सदस्य महम्मद मियाँले रानाको घरमा पुगि सहयोग बापतको रकम पीडितको ग्लोबल अाइ. एम. इ. बैंक को खाता नम्बर १००७०१०००८९६३ मा जम्मा गरि सो को स्लिप हस्तान्तरण गरेका हुन ।
गोरखा नगरपालिका वार्ड नम्बर-२ आहाले निवासी मोनिका राना लामो समय देखी क्यान्सर बाट पीडित हुँदा आर्थिक अभावमा उपचारमा समस्या भएपछि गोरखा मुस्लिम एकता सेवा समाज कतारले अभियाननै चलाएर रकम संकलन गरेको संस्थाका अध्यक्ष मुमजन मियाँले बताए ।

गोरखा मुस्लिम एकता सेवा समाज कतारका महासचिब इब्राहिम मियाले यस काममा सहयोग गर्ने सबै सहयोगी हाथ लाई हार्दिक धन्यवाद व्यक्त गरे ।

#इब्राहिम मिया

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter