सोमबार, ०७ जेठ २०८१

टरिगाउँ विमानस्थलको सफल परीक्षण

१६ आश्विन २०७५, मंगलवार २३:४८ मा प्रकाशित

लमही, १६ असोज ,    दाङको टरिगाउँ विमानस्थलकोे सफल परीक्षण गरिएको छ । नेपाल एयरलाइन्सले गरेको परीक्षण उडानमा प्राविधिकसहितको टोली सहभागी रहेको थियो ।

परीक्षणका क्रममा क्याप्टेन आङ्नुरी शेर्पाले विमान सञ्चालनका लागि प्राविधिक कठिनाइ नरहेको बताउनुभयो । बिहान ११ः३० बजे विमानस्थलमा नेपाल एयरलाइन्सको १६ सिट क्षमता भएको डाँफे विमान अवतरण गरेको थियो ।

तुलसीपुर उपमहानगरपालिकासँग सम्झौता गरेर हप्तामा कति दिन विमान सेवा सञ्चालन हुने र भाडा कति हुने भन्ने विषयमा टुङ्गो लाग्ने बताइएको छ । लामो समयदेखि टरिगाउँ विमानस्थल नियमित सञ्चालन हुन सकेको थिएन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter