शनिबार, ०५ जेठ २०८१

२दिने सुरक्षा र न्यायपहुँच अभिवृद्धि विषयक पत्रकारिता तालिम सम्पन्न ।

३ आश्विन २०७५, बुधबार १५:०७ मा प्रकाशित

कपिलबस्तु असोज ३

सुरक्षा र न्यायपहुँच अभिवृद्धि विषयक २ दिने पत्रकारिता तालिम सम्पन्न भएको छ । विपन्न र सिमान्तकृत समुदायको न्याय सुरक्षामा पहुँच अभिवृद्धी गर्ने उदेश्यले नेपाल पत्रकार महासघं कपिलबस्तु शाखाको आयोजना तथा सर्च फर कमन ग्राउन्डको सहयोगमा कपिलबस्तुको सदरमुकाम तौलिहवामा सोमवार शुरु भएको तालिम मंगलवार सम्पन्न भएको हो ।

सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा कपिलबस्तुका अध्यक्ष डिलाराम भुसालको अध्यक्षता, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा प्रदेश नं. ५ संयोजक बसन्त गिरीको प्रमुख आतिथ्यता रहेको थियो ।

तालिममा सर्च फर कमन ग्राउण्डका फिल्ड संयोजक राजेन्द्र अधिकारी, पत्रकार महासंघका प्रदेश सदस्य मनोज कुमार श्रीवास्तव, प्रेस संगठनका केन्द्रिय सदस्य मनिष कार्की, प्रेस युनियनका अध्यक्ष गोपाल भण्डारी, कपिलवस्तु नगरपालीकाकी उप प्रमुख लक्ष्मी गुप्ता लगायतको सहभागिता रहेको थियो । तालिम समापनमा नेपालपत्रकार महासंघका केन्द्रिय सदस्यएवं प्रदेश नं नं ५ का संयोजकगिरीले तालिमबाट सिकेका कुरालाई ब्यवहार मा उतार्दै अन्यायमा परेकालाई न्यायको पहुँचमा पु¥याउनु पर्ने पत्रकारको धर्म रहेको बताउनुभयो । यस तालिम पश्चात पत्रकारहरुले बिपन्न तथा सिमान्तकृत समुदायका सवालहरु जनसमक्ष पुर्याई राज्यको ध्यानआकृष्ट गर्ने स्पष्ट पार्नुभयो ।

त्यसै गरी उप प्रमुख गुप्ता तथा, प्रेस युनियन कपिलवस्तुका अध्यक्ष भण्डारीले पत्रकारीता पेशालाई ईमान्दारीताका साथ अघि बढाउदै यस तालिमले संचार जगतलाई तिखार्नु पर्ने बताएका छन् । तालिममा संघका केन्द्रिय सदस्यगिरी, शाखाका कार्य समिति सदस्य जानु पाण्डे र प्रहरी नायव उपरिक्षक रबि रावल, अधिबक्ता भोला प्रसाद विश्वकर्मा लगायतले मिडियाको भुमिका र प्रभाव, द्धन्द्ध र हिंसा, समाचारका आधारहरु, खोज पत्रकारिताको सुचक, कमन ग्राउण्ड अप्रोच, शान्ती पत्रकारिता, समता र असामनता लगायतका विषयमा सहजिकरण गर्नुभएको थियो । कपिलबस्तुका विभिन्न संचार माध्यममा आवद्द २५ जना पत्रकारहरूको सहभागीता रहेको थियो भने सहभागीहरुले आफूले सिकेका कुराहरुलाई ब्यवहारमा समेत लागु गर्ने प्रतिबद्धता गर्दै यस्ता खालका कार्यक्रमहरु संचालन गरी थप सिक्ने मौका प्रदान गर्नका लागी पनि आग्रह गरेका थिए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter