शनिबार, ०५ जेठ २०८१

कपिलवस्तुमा यातायात बन्दले जनजीवन प्रभावित

इमरान खान

३ आश्विन २०७५, बुधबार १३:२२ मा प्रकाशित

कपिलवस्तु ३ असोज । कपिलवसतुमा सवारी चालकहरुले आज दोस्रो दिन पनि सवारी नचलाउँदा कपिलवस्तु जिल्ला लगायत देशभरको जनजीवन प्रभावित भएको छ ।नयाँ कानुनले चालकहरुलाई तेस्रो दर्जाको नागरिकजस्तो व्यवहार गरेको भन्दै उनीहरुले मंगलबार देखि सवारी साधन चलाउन बन्द गरेका हुन ।भदौ १ गते देखि जारी भएको नयाँ कानुन अनुसार सवारी साधन दुर्घटनामा ज्यान गए चालकलाई कम्तीमा ५ वर्ष कैदको व्यवस्था मान्य नहुने उनीहरुको भनाइ छ ।नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको अगुवाइमा विरोधमा उत्रिएका चालकहरुले असोज १ गते आफ्नो सवारीसाधनको चावी सवारीमालिकलाई बुझाएका थिए । र असोज २ गते सवारी अनुमतिपत्र संकलन गरेर जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई फिर्ता गर्ने कार्यक्रम घोषणा गरेका थिए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter