आइतबार, २३ बैशाख २०८१

अख्तियार दुरुपयोग अनुसन्धान सँग मेरो अनुरोध ।

राजा हुसैन

२२ भाद्र २०७५, शुक्रबार ००:३५ मा प्रकाशित

संघियता लागु भए लगतै विकास र भ्रष्टाचारको कुरा  एकदमै सुन्दै आउदै गर्दा रौटहटको कटहरीया

नगरपालिकामा ४ करोड हिनामिना गर्न न पाएपछि कटहरीया नगरपालिका उपमेयर अर्थात कार्यवाहक

मेयर नुरजहा खातुन लाई निलम्बन गरेको आजतक मेधस रौटहट र मधेस प्रदेश औनलाइन खबरमा

समाचार आएको छ ।

यस भन्दा पहिला पनि सो नगरपालिका नि. प्रमुख प्रशासकीय अधिकृत रामलाल सहनीले आठ करोड

हिनामिना गरेको कटहरीया नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष चन्दन कुसावाहाले आरोप लगाएको

थिए । जस कारण प्रशासकीय अधिकृत रामलाल सहनीले नगरपालिका कार्यालयमा ताला समेत लागएको

भन्ने खबर आएपछि प्रमुख जिल्ला अधिकारीले तत्काल ताला खोल्न आदेश दिए पछि ताला खोलेको थियो ।

२०७५÷०५÷२१ का दिनको प्रेस विज्ञप्ती अनुसार आफु कनै हिनामिना नगरेको र उपमेयरले झुट्टा आरोप

लगाएकोरामलालसहनीले बताएका छन । त्यसतै १९ सदस्यीय कार्यापालिकाका १४ सदस्यीयले

कार्यावाहक मेयरको जिम्मेवारीमा रहेकी नुरजहा खातुनलाई निलम्वन गरेको भाली पल्ट खातुनले

विज्ञप्ती निकालेर नगरपालिकाको ४ करोड (२०७५÷२०७६) हिनामिना गर्न नपाएको झोकमा झुटो

आरोपलागाई आफुलाई निलम्वीत गरेको खातुनले बताएकी छिन् ।

सार्वजानिक सरोकारको विषय भएको हुदा म अख्तियार दुरुपयोग अनुसन्धान सँग नेपालको संविधान

२०७२ को धारा २३९ बमोजीम अनुसान्धान गरी जनताले तिरेको कर दुरुपयोग हुनबाट रोक्न विनम्र

अनुरोध गर्दछु

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter