आइतबार, १६ बैशाख २०८१

‘समृद्ध नेपाल निर्माणमा गौरा पर्वको महत्व’– अध्यक्ष ‘प्रचण्ड’

१८ भाद्र २०७५, सोमबार १५:५६ मा प्रकाशित

काठमाडाँै, १८ भदौ ,,    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले विकास र समृद्धिका दृष्टिले राज्यबाट ओझेलमा पर्दै आएको प्रदेश नं ७ लाई समुन्नतिको दिशामा अघि बढाउन गौरा पर्वले प्रेरणा दिने बताउनुभएको छ ।

प्रदेश नं ७ तथा कर्णाली प्रदेशमा मनाइने यस पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले पहिचान र सामथ्र्यलाई संविधानमार्फत सुनिश्चित गरी सङ्घीय गणतान्त्रिक नेपालको निर्माणमा गौरा पर्वको महत्व झनै बढेको बताउनुभयो ।

त्यस क्षेत्रको प्राकृतिक तथा सांंस्कृतिक सम्पदाको समुचित विकास गर्न र सम्पूर्ण देशवासीमा आपसी सद्भाव, भाइचारा तथा अपनत्वको भावना वृद्धि गरी समृद्ध नेपालको निर्माणमा यस पर्वको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter