शनिबार, १५ बैशाख २०८१

गौरा पर्वले सांस्कृतिक एकतालाई मबजुत बनाएको छः प्रधानमन्त्री

१८ भाद्र २०७५, सोमबार १५:५४ मा प्रकाशित

काठमाडाँै, १८ भदौ,,    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका विभिन्न सांस्कृतिक पर्वले नेपालीलाई एकताबद्ध गराउने काम गरेको बताउनुभएको छ ।

प्रदेश नं ७ र कर्णाली प्रदेशमा मनाइने उक्त पर्वका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उहाँले गौरा पर्व नेपालको एक विशिष्ट पहिचान झल्काउने पर्व हो भन्नुभयो ।

नेपालको जातीय र सांस्कृतिक विविधतालाई आपसी द्वन्द्वमा रुपान्तरण गर्ने दुष्प्रयासलाई नेपालीले सधैँ परास्त गर्दै आएको र यस्ता पर्वले सांस्कृतिक एकतालाई थप मजबुत बनाएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । “नेपालका विभिन्न भाषा, संस्कृति, वेषभूषा, रीतिरिवाज र संस्कारले विविधताबीच नै एकता, आपसी सम्बन्ध र सामाजिक सद्भावको सम्मिलन गराएका छन् ।”

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter