बिहिबार, ०६ बैशाख २०८१

राष्ट्र स्वतन्त्र भयो तर युवाहरू स्वतन्त्र हुन सकेनन

युवाहरुले आफ्नो आन्दोलनको खाका आफै तयार गर्नु पर्छ ।

१८ भाद्र २०७५, सोमबार ११:०६ मा प्रकाशित

मुलुक आजाद भए पनि नेपाली समाजका युवाहरु अहिले पनि पूर्ण रूपले स्वतंत्रताको अभास गर्न सकेका छैनन ।
आज बिहान केयरखबरका संवाददाता शमशाद आदिल सङ्ग कुरा गर्दै नेपाली कोंग्रेस पार्टीका नेता मोहम्मद निजामुद्दीनले सरकार र राजनैतिक पार्टीहरुले युवाहरुको लागि आफ्नो मांग मुद्दा बिचारहरुको अध्यन अनुसंधान तथा बिचार
आदान प्रदान गर्नको लागि एउटा छुट्टै स्वतंत्र खालको बाटो खोलिनु पर्छ भने ।

यो देशमा नेताहरुले आफ्नो बयक्तिगत स्वार्थ प्राप्तिको लागि युवाहरुलाई आन्दोलन र झगड़ा मात्र दिएका छन ।एक अर्का प्रति वितृष्णा फैलाई नेताहरुले लाभ उठाएका छन।
युवा जमातले आफ्नो मांगहरुलाई सम्बोधन गराउन र राष्ट्र निर्माण गर्ने उचित आधार तयार गर्नको लागि स्वयंम आफैले आफ्नो खाका कोर्नु पर्छ भन्ने कुरा ब्यक्त गरे ।

ठुलो सङ्ख्यामा युवाहरुले आफ्नो कला सीप प्रदर्शन गरी बिदेशमा बाध्यतावश तलब कमाई रहेका छन ।
बिदेसीएर घाम पानी एक गरि राष्ट्रको अर्थतन्त्रमा मेरुदण्ड बनेका युवाहरु प्रति सरकार गम्भीर नहुनु दुःख को कुरा हो । युवाहरुलाई राष्ट्रमा नै सीप प्रदर्शन तथा कमाउने खाने वातावरणको सृजना गराउन युवा जमातले आन्दोलनको सत्यता लाई अपनाई अगाडि बढ्नु पर्ने भने ।
२०३६ सालको बिद्यार्थी आन्दोलनमा प्रत्यक्ष सहभागी रहेका नेता निजामुद्दीनले भने ‛ युवाहरुले ठुलो बलिदान त्याग तपस्या गरेको कारण यो देशको अनुहार फेरिएको हो, पार्टीको झण्डा न हेरि एकजुट भएर बेरोजगारी, भ्रष्टाचार, अशिक्षा, गरीबी, भेदभाव ,आर्थिक अनियमितता ,महिला हिंसा, समानता, स्वतंत्रता तथा समाजिक न्यायको लागि पुनः एकपटक राष्ट्रब्यापी आन्दोलनमा इमानदारी पूर्वक होमिन आवश्यक रहको जिकिर गरे ।
कांग्रेस निकट मुस्लिम संघको बरिष्ठ उपाध्यक्ष समेत रहेका नेता निजामुद्दीनले युवाहरुले पार्टीका उच्च स्तरीय पदाधिकारी हरुलाई आफ्नो मुद्दाहरुको आदान प्रदान तथा सहकार्य गर्न सकारात्मक तवरले नजिक़िनु पर्ने आवश्यक रहेको ठहर समेत गरे ।
उनले आफ्नो कुरामा जोड़ दिदै भने
“ अब घमण्डको, पैसाको र डराउने धमक्याउने राजनीति अन्त्य हुनु पर्छ । राष्ट्र निर्माणमा युवाहरुले आफ्नो योगदान दिन तमत्यार हुनु पर्छ साथै शिक्षित युवा विकसित समाजको वातावरण निर्माण गर्न चौतर्फी रुपमा सबैले लाग्नु पर्छ ।”

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter