सोमबार, २४ बैशाख २०८१

‘अब बन्ने शहर व्यवस्थित हुन्छ’

१६ भाद्र २०७५, शनिबार २२:५८ मा प्रकाशित

काठमाडौँ, १६ भदौ ,,   शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले योजनाविना बस्ती बसाल्दा फोहरमैलाको समस्या हुँदै गएको भन्दै अब बन्ने शहर व्यवस्थित हुने बताउनुभएको छ ।

विष्णुमति सरसफाइ महाअभियानले सरसफाइको २०० हप्ता पूरा गरेको अवसरमा आज यहाँ आयोजना गरेको ‘स्वच्छ, सफा र हराभरा विष्णुमति नदीसम्बन्धी अन्तक्र्रिया’मा उहाँले योजनाविना शहर विकास हुँदा फोहर र ढलको समस्या देखा परेको बताउनुभयो ।

मन्त्री राईले काठमाडौँ, भक्तपुर र ललितपुरमा नमूना शहर बनाउनका लागि सरकारले अध्ययन गरेको बताउँदै उहाँले अब बन्ने शहर सबै क्षेत्रले व्यवस्थित हुने बताउनुभयो । फोहोर व्यवस्थापन स्थानीय सरकारको प्रमुख दायित्व भएको बताउनुभयोे ।

तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोराले आफ्नो नगरपालिकाले फोहर व्यवस्थापनका लागि अभियान सञ्चालनका साथै स्थानीय निकायसँग छलफल गरिरहेको बताउनुभयो ।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले करिडोर व्यवस्थित नबनाइ खोला व्यवस्थित नहुने भन्दै करिडोर व्यवस्थित बनाउनका लागि आफ्नो नगरपालिका लागेको बताउनुभयो ।

अधिकार सम्पन्न वाग्मति सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतले सरकारले देखाएको मार्गदर्शनअनुसार आफूहरुले काम गरिरहेको बताउनुभयो ।

विसं २०७१ जेठ ५ गते तत्कालीन शहरी विकासमन्त्री डा नारायण खड्काको प्रमुख आतिथ्यमा शुरु भएको उक्त महाअभियानमा हाल एक हजार ५०० मेट्रिक टन फोहर सङ्कलन गर्नुका साथै २३ हजारभन्दा बढी व्यक्ति अभियानमा संलग्न भएको अभियन्ता शोभाकान्त पाण्डेले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter