शनिबार, ०५ जेठ २०८१

सार्क…पहिलो बैठक शुरु

१२ भाद्र २०७५, मंगलवार २२:२७ मा प्रकाशित

काठमाडौँ, १२ भदौ,,    दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क)स्तरीय कृषि सहकारी व्यवसाय मञ्चको पहिलो बैठक आजदेखि काठमाडौँमा शुरु भएको छ ।

संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) र एशियाली कृषक सङ्घ (एएफए)को संयुक्त आयोजना तथा कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइएफएडी)को सहयोगमा शुरु भएको हो ।

दिगो विकास लक्ष्यअनुसार दक्षिण एसियामा गरीबी एवं भोकमरी अन्त्य गर्न कृषक परिवारको सङ्गठित र सबलीकरणमा लागि सहकार्य भन्ने मुख्य मुद्दामा केन्द्रित सो बैठक तीन दिनसम्म चल्ने काठमाडौँस्थित सार्क सचिवालयले जनाएको छ ।

सो अवसरमा सार्कका महासचिव अम्जद हुसैंन वि सियलले सन् २००८ मा भएको सार्क मुलुकका कृषिमन्त्रीको बैठकले ‘सार्क एग्रिकल्चर भिजन–२०२०’ अङ्गीकार गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कृषि क्षेत्रमा आधुनिक प्रविधिलाई अङ्गीकार गरी उत्पादित सामग्रीको बजारीकरण गराउन साना कृषि खेती प्रणालीले अवरोध गरेको छ ।”

कृषक परिवारको सङ्गठित सहकार्यले खाद्य सुरक्षा प्राप्त गर्न, पोषण सुधार, गरिबी निवारण र भोकमरीको अन्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ ।

दक्षिण एसियाका साना आकारका खेती प्रणाली आधुनिक प्रविधिको प्रयोग र उत्पादित कृषि उपजको बजारीकरणका लागि गम्भीर अवरोध भएको भन्दै महासचिव अम्जदले कृषिमा सहकार्य आवश्यक भएको बताउनुभयो ।

उहाँले दक्षिण एसियाका ग्रामीण भेकमा बस्ने बहुसङ्ख्यक जनताको जीवन भूमि, शुद्ध पिउनेपानी, तटीय क्षेत्रमा माछापालन, वन जङ्गललगायत प्राकृतिक सम्पदामा निर्भर रहेको बताउनुभयो ।

बैठकमा सार्क सदस्य मुलुकका सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter