शनिबार, ०५ जेठ २०८१

इरानबारे अदालतको चुनौति अमेरिकाद्वारा ‘कडा प्रतिवाद’ गर्ने

१२ भाद्र २०७५, मंगलवार ११:१५ मा प्रकाशित

वासिङटन, संयुक्त राज्य अमेरिका, १२ भदौ ,,  संयुक्त राज्य अमेरिकाले इरानमा लगाएको एकतर्फी आर्थिक प्रतिबन्धलाई लिएर अन्तराष्ट्रिय अदालतमा जाने बताइरहेका समय अमेरिकाले उक्त चुनौतिको ‘कडा प्रतिवाद’ गर्ने बताएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सोमबार एक कार्यक्रममा भन्नुभयो, “इरानद्वारा आफुमाथि एकतर्फी प्रतिबन्ध लगाएको भनी अन्तराष्ट्रिय अदालतमा न्यायका लागि जाने भनी दिएको चुनौति सामना गर्न अमेरिका तयार छ ।”

अमेरिकाले करिब तीन हप्ता पहिले एकतर्फी रूपमा आफुमाथि प्रतिबन्ध लगाएपछि इश्लामिक गणतन्त्र इरानले द हेगमा मुद्दा लाने तयारीसहित यस हप्ता छलफल चलाएको थियो ।

अमेरिकासहितका विश्वका शक्ति राष्ट्रले इरानसँग गरेको आणविक सम्झौताबाट वासिङ्टन पछि हट्ने घोषणा गरिसकेको छ । घोषणासँगै अमेरिकाले इरानविरुद्ध आर्थिक प्रतिवन्ध लगाएको छ । अमेरिकाले इरानमा सक्रिय कतिपय बहुराष्ट्रिय कम्पनीलाई इरानबाट फिर्ता हुन दवाव दिइरहेको छ । जसका कारण आएको राजनीतिक तथा आर्थिक अन्यौलले इरानले मुद्रामा व्यापक गिरावट देखिएको छ ।

हामीले इरानद्वारा यसहप्ता चर्चामा ल्याएको द हेगमा मुद्दा दर्ता गर्र्ने आधारहीन दावीको कडा प्रतिरोध गर्नेछौँ, पोम्पेओले थप जोडका साथ भन्नुभयो ।

अमेरिकाले सम्झौताबाट फिर्ता हुने निर्णय गरेको भएपनि सम्झौताका अन्य हस्ताक्षरकर्ता मुलुकहरूले यसलाई बचाउने प्रतिबद्धता गरिरहेका छन् ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter