शनिबार, ०५ जेठ २०८१

आचारसंहिताई व्यवहारमै कार्यान्वयन गर्न माग

८ भाद्र २०७५, शुक्रबार ००:१० मा प्रकाशित

काठमाडौँ, ७ भदौ ,,   फौजदारी तथा देवानी संहितामा प्रेससँग सम्बन्धित केही बुँदा सच्याउन आग्रह गरिएको छ ।

प्रेस काउन्सिल नेपाल र नेवाः पत्रकार राष्ट्रिय दबूले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रममा सञ्चार क्षेत्रका जानकारले सार्वजनिक स्थानमा फोटो खिच्दा, रेकर्ड गर्दा अनुमति लिनुपर्नेलगायतका बुँदाहरु प्रेस स्वतन्त्रता विरुद्ध भएको भन्दै संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले कुनै पनि जात÷जाति, समुदाय वा वर्गको बारे लेख्दा जिम्मेवारीपूर्ण ढङ्गबाट उनीहरुको मर्यादामा ख्याल गरेर आफ्नो दायित्व पूरा गर्नुपर्ने बताउनुभयो ।

नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष श्रीकृष्ण महर्जनले प्रेस काउन्सिल नेपाली पत्रकारिता क्षेत्रको अभिभावक संस्था भएकाले सोहि अनुरुपको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

काउन्सिलका सदस्य शुभेच्छाविन्दु तुलाधरले राम्रो कामका लागि पुरस्कार र नराम्रो कामका लागि दण्ड दिने व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सक्नुपर्दछ भन्नुभयो ।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले केही सञ्चारमाध्यममा गम्भीर प्रकारका आचारसंहिता उल्लङ्घन हुने प्रकृतिका समाचार प्रकाशन हुँदै आएको र आफूहरुले थाहा पाउनासाथ उजुरीका आधारमा छानबिन गरिएको जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter