शनिबार, ०८ बैशाख २०८१

स्वास्थ्य क्षेत्रको गुणात्मक परिवर्तनका लागि सरकार प्रतिवद्धः उपप्रधानमन्त्री यादव

१ भाद्र २०७५, शुक्रबार २३:२० मा प्रकाशित

राजविराज १, भदौ , उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतलमा आज एक समारोहबीच डायलायसिस सेवाको उद्घाटन गर्नुभयो ।

करीव रु १ करोडको लागतमा अस्पतालमा चार वटा डायलायसिस मेसिन जडान गरिएको छ ।

सो अवसरमा उपप्रधानमन्त्री यादवले मुलुकमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउँदै स्वास्थ्य क्षेत्रमा गुणात्मक परिवर्तनका लागि सरकार प्रतिवद्ध रहेकोछ भन्नुभयो ।

यो अस्पतालमा देखिएको चिकित्सकोे समस्या एक हप्ताभित्र समाधान हुने बताउँदै उहाँले अस्पतालको स्तरोन्नतिका लागि सम्बन्धीत सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।

उपप्रधानमन्त्री यादवले अस्पतालको स्तरोन्नतिका लागि रु ७६ करोड बजेट छुट्याइएको जानकारी दिँदै अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक र सम्बन्धित रोगका विशेषज्ञहरु एक साताभित्र आइपुग्ने बताउनुभयो ।

प्रदेश नं २ का भूमी व्यवस्था तथा कृषिमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश नं. २ का आठ वटै जिल्लामा पशु अस्पताल निर्माण गर्ने बताउनुभयो ।

राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेल र प्रदेशसभा सदस्य मनिषकुमार सुमनले सप्तरीको विकासका सबै एकजुट हुनुपर्नेमा जोड दिदैं पाँच वर्षभित्र सप्तरीलाई नमूना जिल्लाको रुपमा विकास गर्नुपर्छ भन्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter