बुधबार, ०२ जेठ २०८१

आक्रोशितले छाडा चौपाया नगरपालिकाभित्र थुने

३१ श्रावण २०७५, बिहीबार ११:५१ मा प्रकाशित

कञ्चनपुर, ३१ साउन ,लामो समयदेखि छाडा चौपायाको समस्या झेल्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले नगरपालिका कार्यालय बाहिर पर्खालको ढोकाको ताला तोडेर बुधबार साँझ ती चौपायालाई थुने ।

छाडा चौपायाले स्थानीय किसानले लगाएको अन्नबाली खाइदिने र झलारी वन समिति बजारक्षेत्रमा बसेर दुर्गन्धित बनाएकाले सास्ती खेप्दै आएका उनीहरूले झण्डै एक हजारको सङ्ख्यामा रहेका छाडा चौपायालाई नगरपालिका कार्यालय परिसरको पर्खालमा थुनेका हुन् ।

चौपाया नगरपालिका कार्यालयभित्र छिराउने क्रममा प्रहरीले रोक्ने प्रयास गरे पनि रोक्न सकेनन् । सयौँको सङ्ख्यामा रहेका स्थानीय बासिन्दा र ठूलो सङ्ख्यामा रहेका चौपायाका कारण पूर्व–पश्चिम राजमार्ग एक घण्टा जाम हुँदा यात्रुले सास्ती खेप्नुपरेको थियो ।

छाडा चौपायालाई अस्थायीरूपमा व्यवस्थापन गर्न नगरपालिकाले वडा नं ८ को गिठेमा लैजाने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले आक्रोशित सहभागीलाई बताएपछि उनीहरूले चौपायालाई नगरपालिकामै थुनेर फर्किएका थिए ।

छाडा चौपायाको दीर्घकालीन समाधानका लागि नगरप्रमुखको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “वन तथा वातावरणलाई प्रतिकूल असर नपर्ने गरी सम्बन्धित सामुदायिक वन र वन कार्यालयसँग समन्वय गरी दिगोरूपमा चौपायको व्यवस्थापन गर्ने निर्णयसमेत गरिएको छ”
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter