शुक्रबार, ०७ बैशाख २०८१

मुस्लिम समुदायमा महिलालाई अवसरको खाँचो

हामी महिलाहरुले आफ्नो अवस्था उकास्न स्वयम आफैले पहल गर्नु पर्छ।

२९ श्रावण २०७५, मंगलवार १३:२३ मा प्रकाशित

मुस्लिम समुदायमा प्रतिभावान, सक्षम ,नेतृत्व लिन सक्ने क्षमतावान महिलाहरुको कमि रहेको नरहेको समुदाय हो।

आज ‛क़ुरआन अनुसन्धान प्रतिष्ठान’ की महासचिव जमीला मर्यमले केयरखबरकर्मी शमशाद आदिल सङ्ग कुरा गर्दै भनिन “ मुस्लिम समुदायका महिला हरुलाई अवसरको खाँचो छ , आफ्नो क्षमता प्रतिभा लाई प्रदर्शन गर्ने ठाउँको नभएकोले धेरै महिला हरू पीड़ित छिन”।

इस्लामी शिक्षामा स्नातकोत्तर गरेकी जमीलाले संक्षिप्तमा कुरा गर्दै प्रमुख दुई समस्याले प्रायः महिला पछाडि पर्दै गएको ठहर गरिन । प्रथमतः महिलाहरुलाई उच्च शिक्षा हासिल गर्नको लागि मदरसा तथा कलेजमा पठाउने भावनाको बिकास कम भएको छ भने दोस्रो समस्याको रुपमा पुरूष प्रधान रहेको हाम्रो नेपाली समाजमा महिलाहरुलाई संघ संस्थाहरुले कुंठित गरेर सा सानो जिम्मेवारी मात्र दिने चलन छ । ठुला पदाधिकारीहरुले आफू अनुरूप नियंत्रित गरि संकुचित गरेर राख्ने व्यवहारले महिला समुदाय मर्कामा परेकी हुन ।
कुरआनलाई पहिलो चोटी नेपालीमा अनुवाद गरेका अलाउद्दीन फलाहिको अध्यक्षतामा रहेको प्रतिष्ठानको स्वयंम महासचिव जमीला मर्यमलाई राजनैतिक, समाजिक तथा धार्मिक क्षेत्रमा काम गर्ने विभिन्न निकायले आफ्नो संस्था सङ्ग आबद्ध भएर काम गर्न बारम्बार आह्वान गर्दै आएका छन।
तर उनले केहि धोखा पाएको तथा विश्वासघात भएको कारण उनले आफै संस्थाको स्थापना गरेर महासचिवको हैसियतले कार्यरत छिन ।

महिला जमातमा आधारभूत तालीमको अभावलाई न्यून गर्न आफू कुरआन अनुसंधान प्रतिस्थानको स्थापना गरेको बताइन ।

उनले आफ्नो कुरा थप्दै भनिन ‛ हामी महिलाहरुले आफ्नो अवस्था उकास्न स्वयम आफैले पहल गर्नु पर्छ’ । शैक्षिक जागरुकता फैलाउने क्रममा कुरआनको अन्तर्निहित रही महिलाको समस्या समाधान गर्नुको साथै मनोबैज्ञानिक रुपमा रहको मान्ययतालाई निराकरण आफू निरन्तर प्रयास गरी रहेको जानकारी गराईन ।


साउदी अरेबियाको मक्का मदीना हज गर्न जाने हजयात्रीहरुलाई निरन्तर १२ वर्ष देखि कश्मीरी मस्जिदमा तालीम दिदै आएकी जमीला मर्यमको कामलाई सराहना हुने गर्दछ। काठमांडौको कश्मीरीमा हाजीहरुलाई प्रेजेक्टरको माध्यमले ,सांकेतिक र प्रत्यक्ष सिकाईको विधि अपनाई हज प्रकिर्याको सम्पुर्ण काम सिकाउने गरेकी छिन । यसकामले उनलाई ख़ुशी र सन्तुष्टि प्रदान गर्ने गर्दछ भनिन ।
अन्त्यम केयरखबर सँग जमिलाले भनिन मीडियाले सृजना गरेको भ्रमलाई चिर्नुको साथै पुरुष प्रधान समाजले आफ्नै अनुरूप गरिएको इस्लामी बिधि बिधानको ब्याख्या
लाई सच्याउदै महिलालाई समानुभूति सहित सम्मान गर्ने वातावरणको सृजना गर्नु पर्छ ।
करीब चार हजार “तपाईको नासो तपाइको सेवामा ”बितरण गरिरहनु भएको अध्यक्ष अलाउद्दीन फलाही अहिले क़ुरआनको नेपाली तफ़्सीर अनुवाद गर्नमा व्यस्त छन ।

तपाईंको प्रतिकृयाहरू

अन्तर्वाता

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter