शुक्रबार, १६ चैत २०८०

सरकारलाई लाइसेन्स बुझाउन भेला , मेनपावर व्यवसायी आपसमै लडे,अध्यक्ष विरुद्ध चर्को नाराबाजी

१६ श्रावण २०७५, बुधबार २२:३६ मा प्रकाशित

काठमाडौं । मेनपावर कम्पनीको धरौटी रकम ५ करोडमाथि पुर्याउने सरकारी प्रस्ताव विरुद्द भावी योजना बनाउन बोलाइएको वैदेशिक रोजगार व्यवसायीहरुको भेला बिना निष्कर्ष टुंगिएको छ । बुधबार गौशालस्थित एक पार्टी प्यालेसमा भएको व्यवसायीको भेलालाई नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले सम्बोधन गर्दागर्दै कांग्रेस निकट मेनपावर व्यवसायीले कार्यक्रममा नाराबाजी गरेपछि बिना कुनै निचोड भेला सकियो । भेलामा वैदेशिक रोजगार व्यवसायी संघ ५ करोड धरौटी पुर्याउने पक्षमा रहेको आरोप लगाउँदै नेपाली कांग्रेस निकट मानिने व्यवसायीले विरोध गरेका छन् ।

अध्यक्ष गुरुङले बोल्न सुरु गरेको ५ मिनेट नबित्दै केही व्यवसायी आक्रमण गर्नेगरी मञ्चमा पुगे । उनीहरुले धरौटी रकम बढाइए ‘रगतको खोलो’ बगाउने भन्दै मञ्चमा पुगेर कार्यक्रम अवरोध गरेका थिए । त्यसपछि गुरुङले आफ्नो सम्बोधन रोकेका थिए ।

कांग्रेस निकट व्यवसायीले अध्यक्ष गुरुङले श्रम मन्त्रीसँग मिलेर धरौटी रकम बढाउन खोजेको आरोप लगाउँदै आएका छन् ।

कांग्रेस निकटका व्यवसायीले नारा लगाउँदै अध्यक्ष गुरुङको राजीनामासमेत माग गरका थिए । वैदेशिक रोजगार व्यवसायी संघमा अध्यक्षसहित बहुमत सदस्य नेकपा निकटका छन् ।

उनीहरुले अध्यक्ष गुरुङले व्यवसायीको हितमा काम गर्न नसकेको र श्रम मन्त्रीसँग आफ्ना कुरा राख्न खुटा कमाएको आरोप लगाएका छन् ।

सरकारले वैदेशिक रोजगारीका विषयमा व्यवसायीसँग कुनै छलफल र परामर्श नगरी धरौटीको रकम बढाए मन्त्रालयमा लाइसेन्स बुझाएर कामदार पठाउन ठप्प पार्ने चेतावनीसमेत दिएका छन् । उनीहरुले सरकारले अघि सार्न खोजेको मेनपावर कम्पनीलाई मर्ज गर्ने विषयको पनि विरोध गरेका छन् ।

श्रम मन्त्रालयले भने धरौटी रकम कम हुँदा ठगी गर्ने मेनपावरबाट कामदारलाई क्षतिपूर्ति दिलाउन समस्या भएको बताउदै आएको छ ।

saabhar: http://prastakura.com

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter