शुक्रबार, १६ चैत २०८०

हजयात्रीहरुको लागि केयर स्वास्थ्य शिविर संचालन

१४ श्रावण २०७५, सोमबार १२:३८ मा प्रकाशित

नेपाल बाट सऊदी अरेबियामा हज गर्न जाने हज यात्रीहरुको निःशुल्क स्वास्थ्य उपचार गर्न केयर फाउंडेशनले कश्मीरी जामे मस्जिदमा शिविर लगाएको छ ।

एक हफ्ता सम्म हजयात्रीहरू लगायत बिदाई गर्न आउने सम्पूर्ण ब्यक्तिहरुलाई स्वास्थ्य सम्बन्धि उपचार तथा हेरचाह गर्न
केयर स्वास्थ्य शिविरको आज उद्घाटन गरेको फाउंडेशनका अध्यक्ष मोबिन खानले बताए ।
काठमांडौ जस्तो ब्यस्त शहरमा सानो सानो पुण्यको काम गर्न पाउनु हाम्रो लागि सौभाग्य हुने बताउदै केयर एडूले आफ्नो स्वयंसेवक संचालित गरेको एडूका प्रवक्ता शमशाद आदिलले बताए।
यस वर्ष नेपाल बाट सावन १६ गते देखि सावन २२ गते सम्म ११३९ जना हजयात्री हरू मक्का मदीना हज गर्न जाने छन ।
काठमांडौमा हजयात्रीको बसाईका लागि कश्मीरी जामे मस्जिद र नेपाली जामे मस्जिदमा व्यवस्थापन गरिएको छ।

केयर स्वास्थ्य शिविरको उद्घाटन समारोहमा प्रतिनिधि सभा सदस्य कलीला खान केयर फाउंडेशन परिवारका मोबीन खान, सेराज फारूकी , अख्तर हुसैन, अब्दुससबूर ,अनवर शाह, सलामुद्दीन मिया, हजरत अलि खान, डाक्टर मनरुल हक ,डाक्टर नेहाल अशरफ, शमशाद आदिल नईम अन्सारी लगायत जिम्मेवार व्यक्तित्व हरुको उपस्थिति थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter