शनिबार, ०५ जेठ २०८१

शेयर बजार ः एक अर्बभन्दा बढीको कारोवार

५ श्रावण २०७५, शनिबार १६:३५ मा प्रकाशित

काठमाडौँ, ५ साउन  : धितोपत्र बजारमा यस साता रु एक अर्ब ४५ करोड ५१ लाख ५७ हजारबराबरको शेयर कारोवार भएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जका अनुसार ४७ लाख ५४ हजार ५२० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोवार रकम गत साताको भन्दा ३१ दशमलव ३२ प्रतिशत कम हो ।

गत साता १९१ कम्पनीको रु दुई अर्ब ११ करोड ८८ लाख आठ हजारबराबरका ६१ लाख १२ हजार ३७० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा छ दशमलव ७० अंकले घटेर अन्तिम दिन एक हजार १९३ दशमलव ३९ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा एक दशमलव ३९ अंकले घटेर २५१ दशमलव ४२ अंकमा आइपुगेको छ ।

यस साता कारोवार रकमको आधारमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा छ । सो संस्थाको रु ३५ करोड ८० लाख १० हजारबराबरको कारोवार भएको छ ।

त्यसैगरी कारोवार भएको शेयर संख्याका आधारमा पनि सोही कम्पनी अग्रस्थानमा छ । सो संस्थाको १२ लाख ५२ हजार कित्ता शेयर खरिद बिक्री भएका छन् । यस साता नेपाल स्टक एक्सचेन्जका कारोवार कक्ष नियमित कारोवारका लागि पाँच दिन खुला रह्यो ।

यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोवार भएन । यस साता विभिन्न पाँच कम्पनीका हकप्रद, बोनस शेयरसमेत स्टकमा सूचीकृत भएका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter