शनिबार, ०५ जेठ २०८१

बाँकेमा पूँजीगत बजेटको ८२ प्रतिशत खर्च

५ श्रावण २०७५, शनिबार ०९:२६ मा प्रकाशित

नेपालगञ्ज, ५ साउन (रासस) ः बाँके जिल्लाको समग्र विकासका लागि गत आर्थिक वर्ष २०७४÷७५ मा विनियोजित बजेटमध्ये चालू खर्चतर्पm रु नौ अर्ब ४२ करोड ७० लाख र पूँजीगत खर्चतर्पm रु छ अर्ब ५६ करोड रु ५९ लाख खर्च भएको छ ।

गत आव २०७४÷७५ मा चालू खर्चतर्पm रु १० अर्ब १७ करोड ४७ लाख र पूँजीगत खर्चतर्फ रु आठ अर्ब तीन करोड ४३ लाख बजेट विनियोजन गरिएको थियो । औसतमा जिल्लामा पूँजीगत बजेटको ८१ दशमलव ७२ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख ठाकुरप्रसाद पौडेलले बताउनुभयो । असारमा मात्र चालू खर्चतर्पm रु १० करोड र पूँजीगत खर्चतर्पm रु ३२ करोड भुक्तानीका लागि कोलेनिकाबाट चेक काटिएको थियो ।

८०० लाई अंगीकृत नागरिकता
जिल्ला प्रशासन कार्यालयले गत आवमा ४७५ अर्धन्यायिक मुद्दा फछ्र्योट गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार दर्ता भएका ७४६ मुद्दामध्ये २७१ मुद्दा अझै फछ्र्योट हुन बाँकी छन् । गत आव २०७४÷७५ मा सार्वजनिक अपराध, हातहतियार खरखजाना, सवारी ज्यानको क्षतिपूर्ति, न्यून गुणस्तर तथा दूषित खाद्य पदार्थ, कालोबजारी, आवश्यक वस्तु संरक्षण र ठाडो उजुरीलगायत मुद्दा दर्ता भएका थिए ।

यसैगरी कार्यालयले सो अवधिमा ८०० जनालाई वैवाहिक अंगीकृत नागरिकताको प्रमाणपत्र वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय, कोहलपुर इलाका प्रशासन कार्यालय र नरैनापुर इलाका प्रशासन कार्यालयमार्पmत त्यस अवधिमा १६ हजार ४५१ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ । प्रजिअ केसीले त्यस अवधिमा जिप्रकाबाट छ हजार १३३ जनालाई राहदानी वितरण गरिएको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter