बिहिबार, ०३ जेठ २०८१

महिला अधिकारकर्मी सम्मानित

४ श्रावण २०७५, शुक्रबार २३:३१ मा प्रकाशित

काठमाडौँ, ४ साउन (रासस) ः महिला हिंसा अन्त्य र महिला अधिकार सचेतनाका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुभएका सातजना अधिकारकर्मीसहित दुईजना सञ्चारकर्र्मी सम्मानित हुनुभएको छ ।

राष्ट्रिय महिला आयोगले आज यहाँ आयोजना गरेको कार्यक्रममा फोटो पत्रकार चन्द्रकला क्षेत्री (नयाँ पत्रिका काठमाडौँ), सञ्चारकर्मी हरि गौतम (रुकुम कान्तिपुर) लाई सम्मान गरिएको हो

यसैगरी सम्मानित हुनेमा मायाँ गुरुङ (ताप्लेजुङ), बबिताकुमारी जैसवाल (बारा), उमाकुमारी सुवेदी (मकवानपुर), रीता शर्मा (बागलुङ), शारदा डाँगी (रुकुम), तीर्थकुमारी जिसी (सुर्खेत) र देवकुमारी खाती (बाजुरा) हुनुहुन्छ । सम्मानित हुनेलाई १५ हजार नगद पुरस्कारसमेत प्रदान गरिएको थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले उहाँहरुलाई सम्मान एवं नगद पुरस्कार अर्पण गर्दै महिला अधिकारको क्षेत्रमा रहेको संवैधानिक प्रावधानलाई व्यवहारमा कार्यान्वयनमा ल्याउनुपर्ने खाँचो रहेको बताउनुभयो ।

उहाँले अब राष्ट्रिय महिला आयोगले संवैधानिक आयोगका रुपमा काम गर्ने बताउँदै यसका लागि आवश्यक कार्यहरु मन्त्रालयले तयारी गरिरहेको जानकारी दिनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter