सोमबार, १७ बैशाख २०८१

‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यमा जर्मनीले सघाउँछ

१ श्रावण २०७५, मंगलवार २२:४७ मा प्रकाशित

काठमाडौँ, १ साउन (रासस) ः नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत रोलाण्ड सेफरले नेपाल सरकारको रणनीतिक लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ हासिल गर्ने अभियानमा आफ्नो देशको पूरा साथ रहने बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्शले आज यहाँ आयोजना गरेको ‘नेपाल–जर्मन दुई पक्षीय व्यापार तथा लगानी’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले समृद्धिका लागि क्षमता अभिवृद्धि महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

उहाँले नेपाली व्यापार–व्यवसायको प्रवद्र्धनका लागि नेपाली व्यापारिक समुदायको क्षमता अभिवृद्धिका लागि तालीममा सहयोग गर्न सकिने बताउँदै व्यापारबाटै संसारका देशहरुले समृद्धिको सपना पूरा गरेकाले नेपाल पनि सोही बाटोमा हिँड्नुपर्ने बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले वर्तमान सरकारको लक्ष्य पनि अत्यधिक वैदेशिक लगानी ल्याएर नेपाललाई समृद्ध पार्ने रहेकाले जर्मन लगानीको उपयुक्त वातावरण बनेको बताउनुभएको चेम्बरले उल्लेख गरेको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter