शनिबार, ०५ जेठ २०८१

केयर एडू नामक बिद्यार्थी संगठनको घोषणा

आफ्नो छोरा छोरीलाई संकाको नज़रले हैन ,उर्जाको दृष्टिले हेर्न आवश्यक : मोहना अन्सारी

३१ असार २०७५, आईतवार ००:५७ मा प्रकाशित

समाजमा ब्याप्त बिकृति ,विसंगति ,कुप्रथा, लाई उन्मुलन गरी
भेदभाव मुक्त समाज निर्माण गर्न बिद्यार्थी हरुको तर्फबाट सशक्त सँघर्षको आवश्यक्ता रहेको ठहर गर्दै केयर फाउंडेशनले केयर एडू नामक बिद्यार्थी संगठन घोषणा गरेको छ ।
राष्ट्रीय मानवाधिकार आयोगकी प्रवक्ता मोहना अंसारिको प्रमुख आतिथ्यतामा केयर एडुको घोषणा गर्दै रजिया बानुको अध्यक्षतामा ११ जनाको केंद्रीय कार्यसमिति चयन गरेको छ ।
घोषणा कार्यक्रममा राष्ट्रीय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले बोल्दै शैक्षिक क्षेत्रमा सँघर्ष गरी सदियों देखि मुस्लिम समुदायले शिक्षित समाजको निर्माणमा योगदान दिदै आएता पनि उप्लब्धि न्यून रहेको छ । वि स २०६७ पछि मुस्लिम बिद्यार्थीहरुलाई शैक्षिक क्षेत्रमा न्यून मात्रामा आरक्षण दिने शुरूवात भए पनि बिगत केहि दिन देखि पुनः आरक्षण विहीन गर्दै आएको बताइन । औपचारिक र अनौपचारिक दुबै प्रकारको शिक्षा हासिल गर्न जोड़ दिदै आफ्ना बच्चा हरुलाई संकाको नजरले हैन ऊर्जाको नजरले हेर्न आग्रह गरिन ।
बिद्यार्थीहरुको क्षमता बिकास गर्न ,निःशुल्क लोक सेवा कक्षा संचालन गर्नको साथै मदरसा शिक्षालाई सरकारी स्तरमा मान्यता गराउन राष्ट्रब्यापी सशक्त सँघर्ष गर्ने उद्देश्यले केयर एडुको घोषणा गरेको केयर फाउंडेशनको शिक्षा विभाग प्रमुख अख्तर हुसैनले जानकारी गराए ।
केयर एडुको
उपाध्यक्षमा अब्दुल्लाह अंसारी र साबरीना खातुन लाई नियुक्त गर्दै सचिवमा नईम अन्सारीलाई जिम्मा दिएको छ ।
केयर फाउंडेशनको अध्यक्ष अब्दुल मोबीन खानको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा
यस्तै सह सचिवमा महताब आलम, प्रवक्तामा शमशाद आदिल चयन गर्दै उम्मे हानि , मोहम्मद नसीर , अजहर फारूकी, अफजल खान र आसिम खान गरी ११ जनाको केंद्रीय कार्यसमिति चयन गरेको छ ।

कार्यक्रममा पूर्व मंत्री अकबाल शाह, पूर्व राज्य मंत्री जाकिर हुसैन, नेपाल डेभलपमेंट सोसाइटीका अध्यक्ष नज़रुल हसन फलाही , मुस्लिम इत्तिहाद संगठनका अध्यक्ष सेराज फारूकी , नेता ताज मोहम्मद मिया , कुरआनका नेपाली अनुवादक अलाउद्दीन फलाही, पूर्व सीडीओ अब्दुल कलाम खान, युवा नेता बी बी खराल , बहुजन शक्ति पार्टीका प्रभावशाली नेता डाक्टर एहसान खान,केयर इकोनॉमिकका विभाग प्रमुख अनवर शाह, सलामुद्दीन मिया, केयरखबरका सम्पादक अब्दुससबूर , सन्तोषी शाह, इंजीनियर सनाउल्लाह लगायत ब्यक्तिहरुले आफ्नो मंतब्य राखेका थिए ।

 

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter