आइतबार, ३० बैशाख २०८१

प्रमद्वारा विदेशी साहित्यकारको सम्मानमा रात्रीभोज

२९ असार २०७५, शुक्रबार २३:४२ मा प्रकाशित

काठमाडौँ, २९ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन —२०७५ का सहभागी विदेशी साहित्यकारहरुको सम्मानमा आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा रात्रिभोजको आयोजना गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा आयोजित तीन दिनसम्म चल्ने सम्मिलनका क्रममा विदेशी साहित्यकारहरुको नेपाल बसाइ सुखमय रहने अपेक्षा व्यक्त गर्दै सम्मिलनको सफलताको कामना गर्नुृभयो ।

प्रधानमन्त्री ओलीले आज अपराह्न सो सम्मिलनको उद्घाटन गर्नुभएको थियो । सम्मिलनकै पहिलो दिन आज जमलस्थित राष्ट्रिय नाचघरमा विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।

सम्मिलनमा भारतको गुवाहाटी, उत्तराखण्ड, सिक्किम, कोलकाता, हिमाञ्चल प्रदेश, देहरादुन, दार्जिलिङ, वाराणसी, विहार, सिलाङलगायतका स्थानका साहित्यकारहरुको सहभागिता रहेको छ ।

सम्मिलनको दोस्रो दिन शनिबार हिमवत्खण्डका संस्कृति र सभ्यतासम्बन्धी कार्यपत्रहरुको प्रस्तुति, बहुभाषिक कवि गोष्ठी, सांस्कृतिक कार्यक्रम र हास्यव्यङ्ग्य साँझ हुनेछ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter