शनिबार, २२ बैशाख २०८१

बैदेशिक रोजगार कम्पनीले नाजायज फाइदा उठाए ः श्रममन्त्री विष्ट

२९ असार २०७५, शुक्रबार २३:३९ मा प्रकाशित

काठमाडौँ, २९ असार (रासस) ः जापानका लागि नेपाली प्रशिक्षार्थी पठाउने कुराको बैदेशिक रोजगार कम्पनीले नाजायज फाइदा उठाइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले बताउनुभएको छ ।

विगतका समयमा जापानी अन्तर्राष्ट्रिय तालीम सहयोग संगठन अन्तर्गत प्रशिक्षार्थी पठाउने गर्दा नेपाली प्रशिक्षार्थी मारमा परेको र यसका कारण बैदेशिक रोजगार कम्पनीले फाइदा उठाउने गरेको बताउँदै मन्त्री विष्टले नयाँ प्रणालीको भद्र सम्झौता अन्तर्गत कम्पनीबाट प्रशिक्षार्थी नठगिने बताउनुभयो ।

नेपालका लागि जापानका नयाँ राजदूत मासामिची साइगोसँग आज मन्त्रालयमा भएको भेटघाटका क्रममा मन्त्री विष्टले भन्नुभयो, “जापानमा वृद्धवृद्धाको संख्या बढिरहँदा नेपालबाट केयरगिभर (सेविका) पठाउन सकिने ठूलो सम्भावना रहेको छ ।”

श्रम र रोजगारीसम्बन्धी पारस्परिक हित र सहकार्यका हरेक प्रयासमा जापान सरकारको सकारात्मक सहयोग परिचालन गर्न आफूले हरसम्भव प्रयास गर्ने राजदूत साइगोले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter