शनिबार, ०५ जेठ २०८१

साउदी राजा तेल उत्पादन बढाउन सहमत ःट्रम्प

१७ असार २०७५, आईतवार १६:२२ मा प्रकाशित

वासिङ्टन, १७ असार (रासस÷एएफपी) ः साउदी अरबका राज सलमानले तेलको उत्पादनलाई बढाउन सहमत हुनुभएको छ ।
तेल उत्पादनका लागि गरिएको आग्रहलाई साउदी राजा सलमानले सहमति जनाएको शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ ।
संयुक्त राज्य अमेरिकाले आगामी नोभेम्बरपछि इरानविरुद्ध कडा प्रतिबन्ध लगाउन लागेको गत मङ्गलबार अमेरिकाले जानकारी गराएको थियो । अमेरिकी प्रशासनले इरानसँग कारोबार गरेर इरानलाई आर्थिक रूपमा सहज नपार्न आग्रह गरेको थियो । तेल निर्यातकर्ता मुलुकहरूको संगठन (ओपेक) को तेस्रो ठूलो तेल उत्पादकले प्रतिदिन २० करोड ब्यारेल तेल निर्यात गर्ने गरेको सन्दर्भ यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ ।

“अमेरिकी राष्ट्रपति ट्रम्पले भन्नुभयो भखैरै म साउदी राजा सलमानसँग कुरा गरेको छु । इरान र भेनेजुयालामा देखिएको अस्तव्यस्तताका कारण साउदी अरबसँग तेल उत्पादन बढाउन भनेको छु । सम्भवत साउदी अरबले प्रतिदिन २० लाख व्यारेल उत्पादन गर्नेछ । उहाँ सहमत हुनुभएको छ ।”
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter