शनिबार, ०५ जेठ २०८१

बाघ संरक्षणका लागि चासो

१७ असार २०७५, आईतवार १५:४२ मा प्रकाशित

गुलरिया, बर्दिया, १७ असार (रासस) ः बाघ संरक्षणका लागि सरोकारबालाले चिन्त व्यक्त गरेका छन् । वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले सरोकारवालाहरुसँग यहाँ आयोजना गरेको बाघ संरक्षणसम्बन्धी अन्तक्र्रियामा यस्तो चिन्ता व्यक्त भएको हो ।

निकुञ्जका प्रमुख मनोजकुमार शाहले एशियाका १३ देशमा छ प्रजातिका बाघ पाइएकामा तीन प्रजातिका बाघ लोप भइसकेको बताउनुभयो ।

आहाराको अभावले बाघको संरक्षणमा कठिनाइ भएकाले पाँच वर्षीय बाघ संरक्षण योजना बनाइएको र सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य निकुञ्जको रहेको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका श्यामकुमार थापाले बाघ संरक्षणका लागि सबै संस्था जुटेको र यसको संरक्षण गर्दा अन्य वन्यजन्तुको पनि संरक्षण हुने भएकाले सुखा स्थानमा वृक्षरोपणका साथै ८३ वटा पोखरी निर्माण गरी पानीको व्यवस्थापन गरिएको बताउनुभयो ।

निकुञ्ज आसपासका जनताका समस्या समाधान नगर्दा जनता मारका परेका र वन्यजन्तुले क्षति गरेको अन्नबालीको पूर्ति गरिनुपर्ने पत्रकार महासंघका अध्यक्ष राजेन्द्र धिताललगायतले माग गर्नुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter