शनिबार, ०५ जेठ २०८१

पूर्वमन्त्री शाहीको निधन

२० जेष्ठ २०७५, आईतवार १४:०० मा प्रकाशित

काठमाडौँ, २० जेठ (रासस) ः पूर्व गृहमन्त्री दानबहादुर शाहीको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।

मिर्गौला रोगबाट पीडित शाहीको उपचारका क्रममा आज बिहान ग्राण्डी अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ । उहाँ करीब दुई महिनादेखि सोही अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

डोटीको केआई सिंह गाउँपालिका तिखार, डुम्राकोट स्थायी घर भएका शाहीले पूर्व प्रशासक, सचिवको समेत जिम्मेवारी पूरा गर्नुभएको थियो । उहाँका दुई श्रीमती, दुई छोरा र तीन छोरी हुनुहुन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा उहाँलाई श्रद्धाञ्जलि दिनका लागि नयाँ बानेश्वरस्थित निवासमा जानुभएको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । उहाँको आजै अन्त्येष्टि गरिने जनाइएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter