शनिबार, ०५ जेठ २०८१

उपप्रधानमन्त्री पोखरेलद्वारा पदबहाली

२० जेष्ठ २०७५, आईतवार ११:५५ मा प्रकाशित

काठमाडाँै, २० जेठ (रासस) ः नवनियुक्त उपप्रधानमन्त्री ईश्वर पोखरेलले सिंहदरबारको पुतलीबगैँचास्थित रक्षा मन्त्रालयमा आज पदबहाली गर्नुभएको छ ।

उहाँ मन्त्रालयमा पुग्दा प्रधानसेनापति राजेन्द्र क्षत्री र रक्षा मन्त्रालयका सचिव विष्णु लम्सालले हार्दिक स्वागत अभिवादन गर्नुभएको थियो । यसअघि उहाँले रक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चौथोपटक सरकार विस्तार गर्दा रक्षामन्त्री पोखरेललाई उपप्रधानमन्त्रीको जिम्मेवारी थप गर्नुभएको थियो । नवनियुक्त उपप्रधानमन्त्री पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter