आइतबार, १६ बैशाख २०८१

गुट उपगुट नचिनेरै अगाडि बढ्नुस्ः नेता गुरुङ

१९ जेष्ठ २०७५, शनिबार २१:०७ मा प्रकाशित

वालिङ, स्याङ्जा १९ जेठ (रासस) ः नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले काँग्रेसको भातृ संगठनका रुपमा रहेका नेपाल तरुण दल र नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्तालाई गुट उपगुट नभनी अगाडि बढ्न आग्रह गर्नुभएको छ ।

“तपाईँहरुले नेतृत्व गरेको संघसंगठन बलियो हुनुपर्छ”–स्याङ्जामा नेविसंघले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नेता गुरुङले भन्नुभयो, “संघसंगठन बलियो बनाउने र सबैको बनाउने हो भने आज नै गुट उपगुट नभनेरै निरन्तर रचनात्मक कार्यहरुमा अगाडि बढ्नुहोस् ।”

पार्टीमा देखिएको गुट उपगुटलाई अन्त्य गरेर काँग्रेसलाई सबै अट्ने सिँगो पार्टी बनाउनु आजको आवश्यकता भएको नेता गुरुङको भनाइ थियो । पार्टीलाई माथिदेखि तल्लो तहसम्मनै सुधार गर्दै गएमा विजय टाढा नभएको दाबी गर्दै उहाँले भन्नुभयो, “एकपटक पराजित हुँदैमा आत्तिनुपर्ने अवस्था छैन ।”

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter