शनिबार, १५ बैशाख २०८१

धार्मिक भातृत्वका लागि बाँकेको सोनपुरमा इफ्तार

आलम खान बाँके

१८ जेष्ठ २०७५, शुक्रबार २३:४७ मा प्रकाशित


बाँके,१८ जेष्ठ । मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसरमा नेपलीज मुस्लिम सोसाईटी र थर्ड एलायन्सले “धार्मिक भातृत्वका लागि सामुदायिक इफ्तार” कार्यक्रम शुक्रबार बाँकेको सोनपुरमा सम्पन्न गरेको छ ।
इस्लामिक धर्म गुरु मौलाना जाबिरबाट कुरान पाठ गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।
नेपलीज मुस्लिम सोसाईटी यूएईको आयोजना र तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) को संयोजनमा बाँकेको सोनपुरमा भएको इफतार कार्यक्रममा शुभकामना दिदै थर्ड एलायन्स नेपालगंजका प्रमुख आलम खानले इफतार कार्यक्रमले नेपालका विभिन्न धर्म र समुदायहरुको बीच रहेको भाइचाराको सम्बन्धलाई थप मजबुत बनाई नेपालीको धार्मिक सहिष्णुता सहितको उदाहरणीय सम्बन्धको संदेश प्रवाह हुने बताउनु भयो ।
इस्लामिक क्यालेन्डरको नवौ महिनालाई रमजानको पवित्र महिना भनिन्छ र सो महिना भरि मुस्लिम समुदायले बिहान सुर्योदय देखि बेलुका सुर्यास्तसम्म निराहार बर्त बस्ने गर्दछन ।
कार्यक्रममा मुस्लिम धर्म गुरु मौलानाहरुले रमजानको बारेमा प्रवचन दिएका थिए । सो अवशरमा रोजेदार (व्रतालु) हरुलाई विभिन्न परिकार सहित इफ्तार (रोजा र व्रत खोल्न) गराइएको थियो ।
कार्यक्रममा मानव अधिकार रक्षक संजाल बाँकेका सचिव असलम भाट,वडा अध्यक्ष अतिउल्लाह खाँ, संजालका सदस्य प्रेम बिश्वकर्मा लगायत मुस्लिमहरुको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter