शुक्रबार, २१ बैशाख २०८१

नेपालमा आर्थिक विकास हुनेमा विश्वास

१८ जेष्ठ २०७५, शुक्रबार २०:५० मा प्रकाशित

काठमाडौँ, १८ जेठ (रासस) ः बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले नेपाल अब आर्थिक विकासको बाटामा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

गणतन्त्र दिवस २०७५ का उपलक्ष्यमा बहराइनवासी सम्पूर्ण नेपाली संघसंस्थाका प्रतिनिधि एवं विभिन्न कम्पनीमा कार्यरत नेपालीको उपस्थितिमा राजदूतावासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भौगोलिक अखण्डता, सार्वभौमिकता र राष्ट्रिय एकतालाई समृद्ध गर्न तथा देशलाई आर्थिक विकासको बाटामा अगाडि बढाउन गणतन्त्र दिवसले सबैमा प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको दूतावासले जनाएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter