शनिबार, २२ बैशाख २०८१

अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी शुरु

१८ जेष्ठ २०७५, शुक्रबार २०:४१ मा प्रकाशित

काठमाडौँ, १८ जेठ (रासस) ः पठन संस्कृतिको विकास गर्ने उद्देश्यले २२औँ नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी आजदेखि स्थानीय भृकुटीमण्डपमा शुरु भएको छ ।

स्वदेश तथा विदेशका करीब ६० संस्थाको सहभागिता रहेको प्रदर्शनी यही जेठ २६ गतेसम्म जारी रहनेछ । ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिस प्रालिले व्यवस्थापन गरेको प्रदर्शनीमा विभिन्न उमेर समूहका मानिसलाई लक्ष्य गरेर धर्म, राजनीति, साहित्य दर्शनलगायत विषयका पुस्तक समावेश गरिएको छ । यस पटकको नारा ‘पढ्नलाई प्रेरणा’ भन्ने छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदर्शनीको उद्घाटन गर्दै शिष्ट र सभ्य समाज निर्माणका लागि पठन संस्कृति निर्माण गर्नुपर्ने बताउनुभयो । पूर्वराजदूत केदारभक्त माथेमाले विश्व समाजका बारेमा जानकारी लिनका लागि अन्तर्राष्ट्रियस्तरका पुस्तकको अध्ययन आवश्यक रहेको बताउनुभयो । कार्यक्रमका संयोजक शेखर खरेलले विधिन्न विधाका पुस्तक तथा श्रव्यदृश्य पाठ्यसामग्री उपलब्ध गराइएको प्रदर्शनीमा प्राज्ञिक, व्यावसायिक र शैक्षिक क्षेत्रबाट उत्साहजनक सहभागिता हुने विश्वास व्यक्त गर्नुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter