शुक्रबार, २१ बैशाख २०८१

सुशासन र भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता ः मन्त्री बस्नेत

१८ जेष्ठ २०७५, शुक्रबार २०:३७ मा प्रकाशित

काठमाडौँ, १८ जेठ (रासस) ः वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाउने बताउनुभएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघको २३औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सुशासन कायम नभएसम्म विकास र समृद्धि नहुने भएकाले यसमा कसैसँग सम्झौता नगरिने बताउनुभयो ।

मन्त्री बस्नेतले वनको दिगो उपयोगका लागि वैज्ञानिक वन व्यवस्थापन जरुरी रहेको चर्चा गर्दै वन क्षेत्रको उपयोग र संरक्षणबीच सन्तुलन कायम गर्ने स्पष्ट कार्यदिशाका साथ मन्त्रालय अगाडि बढेको उल्लेख गर्नुभयो । ‘समृद्ध नेपाल र सुखी नेपाली’ सरकारको अहिलेको प्राथमिकता भएको बताउँदै उहाँले मुलुकको आर्थिक समृद्धिमा वन क्षेत्रको योगदान उल्लेख्य रुपमा वृद्धि गरिने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले वन क्षेत्रको उपयोग र विकास निर्माणका काम गर्दा आर्थिक, सामाजिक र वातावरणीय सन्तुलन कायम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter