मङ्गलबार, १८ बैशाख २०८१

अवैध तरिकाले भित्राइएका २ हजार बढि कुखुराका चल्ला र सेतो अण्डा बरामद गरि नष्ट ।

अजय बर्मा तौलिहवा कपिलवस्तु

१८ जेष्ठ २०७५, शुक्रबार १६:४५ मा प्रकाशित

 

कयर खबर : कपिलवस्तु, जेष्ठ १८ ।

छिमेकी जिल्लामा बर्ड फ्लु देखिएपछि बर्ड फ्लु नियन्त्रणका लागि कपिलबस्तुका सीमा नाकाहरुमा कडाई गरिएको छ । भारतबाट अबैध तरिकाले भित्राइने पंक्षीजन्य बस्तुहरुबाट बर्डफ्लु रोग आउने जोखिम रहेको भन्दै जिल्लाको कृष्णनगर, मर्यादपुर, चाकरचौडा लगायत एक दर्जन सीमानाकामा बिशेष कडाइ गर्न थालिएको प्रहरीले जनाएको छ ।

सिमानाकामा निगरानी बढाइपछि शुक्रबार बिहान जिल्लाको शुद्धोधन गाउपालिका, ५ तारानगरबाट अवैध तरिकाले भित्राइएका २ हजार बढि कुखुराका चल्ला बरामद गरिएको प्रहरीले जनाएको छ । बेवारिशे अवस्थामा रहेका उक्त चल्लालाई जिल्ला प्रहरी कार्यालय कपिलबस्तुको परिसरमा दिउसो नष्ट गरिएको प्रहरी नायब उपरिक्षक नरेन्द्र कुमार कार्कीले बताएका छन् ।

यस्तै प्रहरीले जिल्लाको महाराजगंज नगरपालिका, हरदौना नाकाबाट २५ क्यारेट प्रतिबन्धित सेतो अण्डा समेत बरामद गरेको छ । उक्त अण्डा समेत प्रहरीले शुक्रबार नै पशु सेवा कार्यालयका कर्मचारी, पत्रकार लगायतको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

कुखुराको चल्ला, कुखुरा, प्रतिबन्धित सेता अन्डा, दाना लगायतका सामाग्रीहरु तस्करहरुले अबैध तरिकाले लुकीछिपी नाकाहरुबाट भित्राउने गरेका छन् । नेपाल भन्दा भारतमा सस्तो पर्ने भएकाले तस्करहरुले बढी मुनाफा पाउने भएकाले सेतो अन्डा चल्ला भित्राउने गरेका हुन् ।

पशु सेवा कार्यालयले समेत जिल्लाका १० वटै स्थानीय तहलाई लिखित जानकारी गराएको जनाएको छ । वर्ड फ्लुकै कारण सरकारले २०६२ साल देखि भारतबाट पंक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाउँदै आएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter