आइतबार, २३ बैशाख २०८१

ल क्याम्पसमा ४० दिन देखि लागेको ताला खुल्यो, कानून पढ्न कोटा निर्धारण

माज़िद प्रवेज ,काठमाण्डौ

१५ असार २०७५, शुक्रबार २२:०० मा प्रकाशित

नेपाल ल क्याम्पस डीनको कार्यलय नेपाल ल क्याम्पसमा एल.एल. बि. प्रथम बर्षको भनाँको बिषयलाई लिएर बिबाद चल्दै आयेकोमा अझै अन्योलको कालो बादल मडारिरहेको छ। कानून शिक्षालाई व्यवस्थित बनाइने भन्दै केन्द्रीय नेपाल ल क्याम्पसमा ८ सय जना र बाहिरका क्याम्पसहरूमा ५ सयको कोटा निर्धारण गरेको थियो । केन्द्रीय विद्यार्थी संगठनको विरोधपछि कानूनमा कोटा प्रणाली पुन हटाईदिएको थियो।

कानून संकायमा कोटा प्रणाली अनुसार प्रवेश परिक्षा समेत भइसकेको थियो । पटक–पटकको विद्यार्थी संगठनको विरोध र चेतावनीका पछि कानूनमा लागु गर्न लागि कोटा सिस्टम बिद्यार्थी दबाबमा हटाइएको कानून संकायका डीन ताराप्रसाद सापकोटाले बताउनुभयो । त्यस्तै आफूले कुनै अदालतको आदेश वा कुनै प्रमाण मागेपनि बिद्यार्थी सँगठनले नमानेपछी उत्तर पुस्तिका जोगाउनका लागि बाध्यताबश हस्ताक्षर गर्नुपरेको बताए । कानून अध्ययनका लागी नेपाल ल क्याम्पसबाट मात्रै झण्डै ५ हजार विद्यार्थीले प्रवेश परिक्षा दिएका थिए ।

कानूनमा लगाइएको कोटा प्रणाली हटाउन तत्कालीन एमाले र माओवादी निकटका केन्द्रीय विद्यार्थी संगठनले भूमिका खेलेका थिए ।
तर यता कोटा सिस्टम हटाईदिए पछी कानुनी शासनको खिल्ली उडेको भन्दै फेरी आज डिनको कार्यालयमा पुन: तालाबन्दी भएको छ। राजकुमार उप्रेती, सुरज सेजूवाल , लेखनाथ भूसाल लगायतका अन्य बिधाथीँहरूले आजदेखी क्याम्पस हाता भित्रै, धर्ना बिरोध नाराजूलूस, कालोपट्टी लगाएर बिरोध प्रदर्शन गरेका छन।

निर्णय नसच्याईए सम्म अनिश्चितकालीन तालाबन्दि र धरना जारी रहने बिध्यार्थीहरूले बताए।

 

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter