शनिबार, २२ बैशाख २०८१

हाल भनिएको गठबंधन प्रयोगशाला मात्र रह्यो, समुदायको लागि उप्लब्धि बिहीन…

ताज मोहम्म्द मिया सह संयोजक रास्ट्रीय मुस्लिम संघर्ष गठबन्धन ।

१५ असार २०७५, शुक्रबार १२:१९ मा प्रकाशित

काठमाडौँ   १५ असार  , केयर खबर : हामीलाई अवगत नै छ कि अहिले सम्म राष्ट्रीय मुस्लिम संघर्ष गठबंधन समितिको कार्यशैली र अवस्था कस्तो रह्यो । हेर्ने हो भने अहिले सम्म गठबंधनले समुदाय का लागि खासै उप्लब्धिमुलक कार्य गरेको पाईएको छैन् । हुन् त गठबंधन मुस्लिम समुदायको हक अधिकारका लागि आवाज उठाउने र कार्यन्वयन पक्षलाई दबाब सृजना गर्न बनाइएको साझा संगठन हो तर विगतको कुरा हेरौं भने राष्ट्रीय मुस्लिम संघर्ष गठबंधन भित्र रहेको मतभेदका कारणले गर्दा नै राष्ट्रीयसभामा एक जना मुस्लिम लाई समावेश गराउन सकेन् । अझै यति मात्र कहां हो र मुस्लिम समुदायको महान पर्व ईदुलफित्र (ईद)मा कटौती गरिएको बिदा फिर्ता दिलाउन सकेन् । ईद जस्तो महान र पावन पर्वमा बिदा फिर्ता दिलाउन प्रधानमंत्रीलाई ज्ञापनपत्र बुझाउन डराउने यस्तो गठबंधनसंग अरु के आशा गर्न सक्छ भनी मुस्लिम समुदायले अब । त्यस कारण पनि अब यसलाई सफल रुपले अगाडि बढाउन सक्नु पर्नेछ । आज सम्म यसको असफलताको मूल कारण राष्ट्रीय मुस्लिम संघर्ष गठबंधन भित्र रहेका केही कमिकमजोरीहरु हुन् । त्यस कारण ती कमी कमजोरी हटाउन अब राष्ट्रीय मुस्लिम संघर्ष गठबंधन समितिलाई बलियो बनाउन यी महत्वपूर्ण कुरामा ध्यान दिन आवश्यक छ । जुन निम्नलिखित यस प्रकार छन् । अब बन्ने राष्ट्रीय मुस्लिम संघर्ष गठबन्धन समिति *सर्व प्रथम गठबन्धन लुज फोरम रहने । *गठबंधनमा जन वर्गीय सङ्गठनको मातहतमा हुनु पर्ने । * केही सामाजिक सघं संस्थालाई गठबन्धनमा जोड्नु पर्ने । *फिर्का परस्ति सोच र कार्यबाट प्रभावित सम्बन्धित संस्थालाई टाढा राख्ने । *समुदायमा योगदान पुर्याएका व्यक्ति विशेषलाई प्रमुख स्थान दिनुपर्ने । *गठबन्धनलाई दक्ष जनशक्तिको समुह बनाइ परिचालन गर्नु पर्ने । *संगठन विशेष कार्यबाट गठबन्धनलाई टाढा राख्ने वा गर्नबाट बच्नु पर्ने । *गठबंधनलाई मात्र समुदायको हितमा सकृय भइ कार्य गरिनु पर्ने । *मुस्लिम विशेष मुद्दाहरुको पहिचान गरी तिनका लागि आवश्यक पहल गर्ने । *व्यक्तिवादी (मनोमानी)सोच र संगठन विशेष निर्देशनमा चल्ने नभइ सामुहिक सोच मूलमन्त्र बनाइ सकृय रुपले अगाडि बढ्नु पर्ने । आदि माथि उल्लिखित सुझावलाई अवलंबन गरी राष्ट्रीय मुस्लिम संघर्ष गठबंधन समिति अगाडि बढेमा मुस्लिम हकहित स्थापित गर्न र गराउन अवश्य नै सफल भइन्छ । अन्यथा अहिलेको जस्तै फेरी पनि असफलताको मुख नै हेर्न बाध्य हुनेछौं । त्यस कारण अब राष्ट्रीय मुस्लिम संघर्ष गठबंधन समितिको सल्लाहकार स्वयं मुस्लिम समुदायका युवा र अग्रज नै छन् भन्ने बुझ्नुपर्छ र समुदायको सुझावलाई राष्ट्रीय मुस्लिम संघर्ष गठबंधन समितिले मनन गरी अगाडि बढ्नु पर्छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter