शुक्रबार, १४ बैशाख २०८१

इरानीे तेलबारेको अमेरिकी भनाइ भारतप्रति लक्षित होइन ः भारतीय विदेश मन्त्रालय

१५ असार २०७५, शुक्रबार ००:१४ मा प्रकाशित

नयाँ दिल्ली, भारत, १४ असार (रासस÷एएनआई) ः संयुक्त राज्य अमेरिकाद्वारा इरानको तेल आयातमा कमी गरिने भावको विज्ञप्ति ‘भारत विशेष’ प्रति लक्षित नभएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
बिहीबार एक विज्ञप्ति जारी गरी मन्त्रालयले उक्त भनाइ विश्वका सवै मुलुकहरूलाई लक्षित गरी आएको बताएको हो ।
विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले सञ्चारकर्मीहरूलाई जानकारी गराउनेक्रममा बताउनुभयो, “अमेरिकी विदेश विभागद्वारा जारी विज्ञप्तिमा आगामी नोभेम्बर ४ देखि इरानबाट गरिने तेलको आयात शुन्यमा झार्न र इरानसँगको सम्बन्ध रोक्न भनेको थियो । यो जानकारी हुनु जरूरी छ कि विज्ञप्ति भारत विशेषलाई लक्षित गरेर आएको थिएन यो विश्वका सवै मुलुकका लागि थियो ।”
“जहाँसम्म हाम्रो हितबारेमा कुरा छ सम्बन्धित साझेदारसँगको वार्ता गर्दै हाम्रो इन्धन सुरक्षासहित हामीले सवै आवश्यक कदम चाल्ने छौँ,” कुमारले भन्नुभयो ।
संयुक्त राज्य अमेरिकाले आगामी नोभेम्बरपछि इरानविरुद्ध कडा प्रतिबन्ध लगाउन लागेको गत मङ्गलबार अमेरिकाले जानकारी गराएको थियो । अमेरिकी प्रशासनले इरानसँग कारोबार गरेर इरानलाई आर्थिक रूपमा सहज नपार्न आग्रह गरेको थियो ।
भारत भ्रमणमा रहनुभएकी संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले बुधबार भारतीय प्रधानमन्त्रीसँग पनि भारतको इरानसँगको निर्भरतामा कटौति गर्न आवश्यक हुने बताउनुभएको थियो ।
तेल निर्यातकर्ता मुलुकहरूको संगठन (ओपेक) को तेस्रो ठूलो तेल उत्पादकले प्रतिदिन २० करोड ब्यारेल तेल निर्यात गर्ने गरेको सन्दर्भ यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter