शनिबार, ०५ जेठ २०८१

३ चेलिको उद्धार , सम्लग्न बिचौलिय नियन्त्रणमा

सनाउल्लाह खान

१२ असार २०७५, मंगलवार १२:०० मा प्रकाशित

कपिलवस्तु ११ आषाढ । बपिलवस्तुको सिमानाका कृष्णानगरबाट मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध कृयाशिल रुपमा काम गर्दै आएको सस्था र नेपाल प्रहरिको सयुक्त टोलिले एक बिचौलिय सहित ३ चेलिको उद्धार गरेको छ । उद्घार गरिएका चेलिहरु जिल्ला ईलाम माईनगर नगरपालिका बस्ने सीता र आसा नाम परिवर्तन र सिन्धुली कलबिचा गाउँ पालिकाकी रिता नाम परिबर्तनलाई काभ्रेप्लान्चोक घर भएकी हाल काठमाडौं बस्दै आएकी गङ्गा परियार ले भारत तर्फ लिएर जाँदै गर्दा उद्धार गरिएको थियो निज बिचौलिय गङ्गा परियारलाई गएको कार्तिकमा सपूत प्रमाण नभएको कारण छोडिएको थियो । …………………… बिचौलिय नियन्त्रणमा कसरी आईन । केही महिना अगाडि चिनजान भएका ती चेलिहरु घरायसी आर्थिक समस्याका कारण रोजगार गरि धेरै पैसा कमाउने सपना बोकेका ती चेलिहरुलाई गङ्गाले बिदेश जान भनी बोलाईन चेलिहरुले नेपालको बाटो प्रयोग गर्ने प्रस्ताव गरेपछी नेपाल बाटै जाने आसोसन देखाईन र बोलाईन दुई दिन कोठामै राखेर नेपालमा बन्द भएको र दिल्लीबाट जाने बन्दै आग्रह गर्न थालिन र अनेकौ कुरा गरि बस चढाइन र अर्कि रिता लाई बोलाईन रिता आईन बस चढ बिदेश जाने हो भिसा आयो भनिन अचम्म मान्दै यत्तिकै जाने भनेर प्रश्न गरेपछी दिल्लीमा गएर सबै किनिदिन्छु भनी बस चढाइन बाटोमा लागेको सम्पुर्ण खर्च उनै गङ्गाले तिरिन र बिहान कपिलवस्तु को कृष्णनगर आईपुगे । बस बाट ओर्लिएर सिमा पार गर्ने समयमा गङ्गाले भने बमोजिम चोरी नाका झण्डेनगर को बाटो हुँदै जाँदै गर्दा उद्धार गरिएको थियो । उद्धार पश्चात् निज चेलिहरुको लामो अनुसन्धान पछि सम्पुर्ण कुरा खुल्न आएको के.आई नेपालका जिल्ला सयोजक केसर बिश्वकर्मा ले जानकारी दिए बिश्वकर्माका अनुसार विभिन्न प्रलोभन तथा लैजाने प्रक्रिया गलत भएको र पहिले पनि निज अनुसन्धान को दायरामा आएको कारण गलत उदेश्यले लैजान खोजेको बताए ।एक चेली दिल्ली पुर्याए बापत ज्ञण् देखि ज्ञछ हजार सम्म पाउने कुरा स्विकारेकी बिचौलियालाई मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध मुद्दा दर्ता गरि कानुनी प्रक्रिया अगाडी बढिरहेको ईलाका प्रहरी कार्यलयका कार्यलय प्रमुख सुर्य बहादुर बोगटीले जानकारी दिए ।बोगटीका अनुसार मानव बेचबिखन जस्तो जघन्य अपराध लाई न्यूनीकरण गर्न सिमामा अझ थप कडाइ गर्ने बताए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter