शनिबार, २२ बैशाख २०८१

नेकपासँग भएको सहमतिको कार्यान्वयन हुनेः उपप्रधानमन्त्री यादव

१२ असार २०७५, मंगलवार ००:२९ मा प्रकाशित

खजुरा, बाँके ११ असार , उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधनबारे नेपाल कम्युनिष्ट पार्टीसँग भएको सहमतिको कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले भन्नुभयो, “नेकपासँग संविधान संशोधनको मुख्य एजेण्डा थियो, त्यो सहमति भयो अनि सरकारमा सहभागी भइयो, ओली र प्रचण्डजीले गरेको सहमतिको कार्यान्वयन अब तत्काल शुरु हुन्छ ।” संविधान एकैचोटी नभई विस्तारै संशोधन हँुदै जाने उहाँको भनाइ थियो ।

अवधी पत्रकार संघ नेपालद्वारा आज साँझ नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा उहाँले मुलुकमा अब विकासको कार्यले गति लिने बताउनुभयो । उहाँले आर्थिक क्रान्ति गरी समृद्ध नेपाल बनाउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आगामी आवमा एक हजार २०० प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण गरी अत्याधुनिक उपकरणमार्फत सेवा प्रदान गर्ने विश्वास दिलाउनुभयो ।

उहाँले बाँकेको विकट मानिएको राप्तीपारी क्षेत्रका जनताको स्वास्थ्य अवस्था नाजुक रहेकाले सो क्षेत्रमा दक्ष जनशक्तिको व्यवस्थापन गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरिने बताउनुभयो । भेरी अञ्चल अस्पताललाई स्तरोन्नति गरी यस क्षेत्रकै नमूना अस्पताल बनाइने उहाँको भनाइ थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter