बुधबार, १९ बैशाख २०८१

दोस्रो चरणको विद्यार्थी भर्ना अभियान संचालन गर्न निर्देशन

१२ असार २०७५, मंगलवार ००:२२ मा प्रकाशित

काठमाडौँ, ११ ,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहलाई ‘दोस्रो चरणको विद्यार्थी भर्ना विशेष अभियान’ संचालन गर्न निर्देशन दिएको छ ।

पहिलो चरणमा विद्यालय बाहिर छुटेका विद्यार्थीलाई विद्यालयमा ल्याउनका लागि मन्त्रालयले सबै स्थानीय तहलाई दोस्रो चरणको विद्यार्थी भर्ना अभियान संचालन गर्न निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत खेमराज जोशीले जानकारी दिनुभयो ।

मन्त्रालयले आज सचिवस्तरिय निर्णय गरी स्थानीय तहलाई दोस्रो चरणको विद्यार्थी भर्ना राष्ट्रिय अभियान संचालन गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले भदौ ३१ गतेसम्म विद्यालयभन्दा बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन भर्ना अभियान संचालन गर्न निर्देशन दिएको शाखा अधिकृत जोशीले बताउनुभयो ।

सरकारले यसपटक ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चिता सिकाईको दायित्व’ भन्ने मूल नाराका साथ विद्यालय भर्ना अभियान संचालन गरेको छ ।

मन्त्रालयले भदौ ३१ गतेसम्म सबै स्थानीय तहलाई विद्यालय उमेर जाने बालबालिका भर्ना गरी ‘विद्यालय बाहिर बालबालिका नरहेको’ घोषणा गर्न समेत आग्रह गरेको छ ।

शुल्कवृद्धि फिर्ता गर्न माग
अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयको विभिन्न तहमा र शीर्षकमा गरिएको शुल्कवृद्धि फिर्ता गर्न माग गरेका छन् ।

त्रिविका उपकुलपति प्राडा तीर्थराज खनियाँलाई ज्ञापनपत्र बुझाउँदै दुई संगठनले त्रिविद्वारा वृद्धि गरिएको शुल्क फिर्ता लिन माग गरेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

अनेरास्ववियूका कावा अध्यक्ष शैलेश लामा र अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङको टोलीले आज त्रिविको शुल्कवृद्धि फिर्ताको माग गर्दै उपकुलपति खनियाँको कार्यकक्षमा ज्ञापन बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै उपकुलपति खनियाँले विद्यार्थी संगठनका माग प्राथमिकताका आधारमा पूरा गर्दै जाने बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter