सोमबार, १७ बैशाख २०८१

डा देवकोटाको निधनबाट प्रधानमन्त्री स्तब्ध

४ असार २०७५, सोमबार २३:५४ मा प्रकाशित

काठमाडौँ, ४ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ ।

उहाँले आज साँझ ट्वीट गर्दै नेपालको स्वास्थ्य विज्ञान क्षेत्रमा डा देवकोटाले पु¥याउनुभएको योगदानलाई राष्ट्रले सदा स्मरण गरिरहने छ भन्नुभयो ।

यस दुःखद् घडीमा दिवंगत डा देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter