शनिबार, २२ बैशाख २०८१

काँग्रेसको विधान संशोधन गरी महाधिवेशन गराउनुपर्ने

३ असार २०७५, आईतवार १३:२२ मा प्रकाशित

विराटनगर, ३ असार (रासस) ः नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको वर्तमान नेतृत्व सामन्ती र सर्वसत्तावादी सोचबाट अगाडि बढेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले काँग्रेसको विधान संघीय स्वरुपमा संशोधन गरी महाधिवेशन गराउने कार्यमा तत्काल अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
पार्टी केन्द्रीय सदस्य केसीले सञ्चारमाध्यममा प्रश्न सोध्दा कार्यक्रम बन्द गरिनु र मूल्य विरोधको कार्यक्रम गर्दा पार्टी कार्यालयभित्र प्रहरी प्रवेश गरी काँग्रेस कार्यकर्ता नियन्त्रण लिनु अधिनायकवाद भएको आरोप लगाउनुभयो ।

नेता केसीले राष्ट्रपति पद्धतिमा शक्ति एक स्थानमा केन्द्रित हुनाले निरंकुश हुने सम्भावना भएकाले संसदीय पद्धति नै लोकतान्त्रिक समावेशी हुन्छ र यो नै नेपालका लागि उपयुक्त छ भन्नुभयो । (तस्वीर समावेश छ)
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter