शुक्रबार, २१ बैशाख २०८१

काँग्रेस नयाँ ढंगले अगाडि बढ्नुपर्छ ः नेता पौडेल

२ असार २०७५, शनिबार २१:२४ मा प्रकाशित

काठमाडौँ, २ असार (रासस) ः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस नयाँ ढंगले अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ ।
नेपाली काँग्रेस पर्वत–काठमाडौँ सम्पर्क समितिको बालाजुमा नयाँ कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उहाँले काँग्रेसको सर्वसत्तावाद विरुद्ध लड्न काँग्रेस नयाँ ढंगले अगाडि बढ्नुपर्ने बताउनुभयो । “कम्युनिष्टहरुले काँग्रेसलाई अफ््यारो अवस्थामा पु¥याएका छन्, यसको विरुद्धमा काँग्रेसले कडा प्रतिपक्षको भूमिका खेल्नुपर्छ,”–उहाँले भन्नुभयो ।

वरिष्ठ नेता पौडेलले पार्टी नेतृत्वले युवालाई आकर्षित गर्दै सबै कार्यकर्तालाई मिलाएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

काँग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले मुलुक अफ्यारो अवस्थामा गएको भन्दै यसलाई जोगाउनका लागि काँग्रेस एक हुनुपर्ने बताउनुभयो । “काँग्रेसभित्र आन्तरिक झगडा गरेर बस्नुको औचित्य छैन, एक आपसमा मिलेर अगाडि बढ्नुपर्छ,”–उहाँले भन्नुभयो ।

सम्पर्क समितिका अध्यक्ष ओमशर्मा चापागाईं, नवराज गुरुङ, राजेन्द्रप्रसाद तिवारीलगायतले गुट उपगुटको अन्त्य गरी पर्वतमा काँग्रेसको संगठन निर्माणमा सबै लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter