बिहिबार, २७ बैशाख २०८१

ट्रेड युनियन काँग्रेसको निर्वाचन प्रक्रिया शुरु

१ असार २०७५, शुक्रबार ११:४७ मा प्रकाशित

काठमाडौँ, १ असार (रासस) ः नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियनको निर्वाचन प्रक्रिया शुरु भएको छ ।

चार वर्ष नौ महिनापछि मंगलबार शुरु भएको छैँटौँ महाधिवेशनको आज निर्वाचन प्रक्रिया शुरु भएको हो ।

निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले बिहान ७ बजेदेखि ८ः३० बजेसम्म उम्मेदवारी दर्ता र ११.३० बजेदेखि मतदान गर्ने गरी निर्वाचन प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो ।

बिहीबार निर्वाचन गरिसक्ने पूर्वनिर्धारित कार्यक्रम भएपनि बन्दसत्र र मतदाता नामावली विवादका कारण निर्वाचन आजसम्मका लागि रोकिएको हो ।

सत्र पदाधिकारीसहित ४४ पदमा हुने निर्वाचनमा १०० भन्दा बढी उम्मेदवारले उम्मेदवारी दिएका छन् । उक्त निर्वाचनमा देशभरबाट एक हजार ४२० मतदाताले मताधिकारको प्रयोग गर्ने ट्रेड युनियन काँग्रेसका कोषाध्यक्ष योगेन्द्रकुमार कुँवरले जानकारी दिनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter