शनिबार, ०५ जेठ २०८१

माध्यमिक बिद्यालय का प्रअहरु द्धारा मनोमानी तरीकाले बिद्यालय बन्द

३१ जेष्ठ २०७५, बिहीबार १०:३७ मा प्रकाशित

केयर खबर जेष्ठ  ३१:  कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा रहेका केही माध्यमिक बिद्यालय का प्रअहरुले मनमानी तरीकाले बिद्यालय बन्द गरेका छन् । अगुवा माध्यमिक बिद्यालयहरुले शिक्षा समितिको औपचारिक बैठक बिना हचुवा तालमा सुचना निकाल्दै जेठ ३०, ३१ र आषाढ १ गते बिदा दिएका छन् । कृष्णनगर नगरपालिका भित्र रहेका कुल ३६ वटा सामुदायिक बिद्यालयहरु मध्ये ४ वटा माध्यमिक बिद्यालयहरु रहेका छन् । जसमा बहादुरगन्जमा रहेको श्रीराम गोरखा माध्यमिक बिद्यालय बहादुरगन्ज १० बजे देखि ४ बजे सम्म सञ्चालन हुने गरेको थियो र बाकी बिद्यालयहरु बिहान ६ बजे देखि १२ बजे सम्म चल्दै आएको थियो ।

पक्की भवन र बिजुली बत्ती सम्पन्न तथा बिहान कक्षा सञ्चालन (श्रीराम गोरखा बाहेक) गर्दै आएका माध्यमिक बिद्यालयहरुले मनमानी तरीकाले बिद्यालय बन्द गरेकोमा कतिपय बिद्यार्थी, अभिभावक तथा शिक्षकहरु रुष्ट पनि भएका छन् । अहिले बिहानी कक्षा सञ्चालन भएकोमा केही समस्या नभएको कुरा बिद्यार्थीहरुले भनेका छन् । साथै कृष्णनगर नगरपालिका भित्र रहेका अधिकांश आधारभुत बिद्यालयहरुले स्थानीय निकाय भित्र रहेका अगुवा माध्यमिक बिद्यालयहरु द्वारा जहिले पनि जबरजस्ती र हेपाहा प्रवृ ि त्त अपनाइने गुनासो गरेका छन् ।

अगुवा बिद्यालयहरुको यस प्रवृतिमा आक्रोशित बन्दै एक जना शिक्षकले पक्की भवन र बिजुली बत्ती भएको बिहानी कक्षा सञ्चालन हुने बिद्यालयमा गर्मी भएको बहानामा मात्रै बिदा गरिएको भन्ने कुरा भनेका छन् । यदि साच्चै नै बिहानी कक्षा सञ्चालनमा समस्या छ भने जस्ताको छाना मुनी र प्रायः बिजुली बत्तीको व्यवस्था पनि नभएको प्राथमिक बिद्यालयहरुलाई किन आकस्मिक बैठकको पूर्व जानकारी दिइएन भन्ने कुरामा कतिपय अभिभावक तथा प्राथमिक बिद्यालयका शिक्षकहरु आक्रोशित भएका छन् ।

यस सम्बन्धमा कृष्णनगर नगरपालिका १० भित्र रहेको श्री नेत्र ज्योति मा.बि.सौनहवा को प्रधानाध्यापक जयप्रकाश चौधरी संग कुरा गर्दा उहाले कृष्णनगर नगरपालिका भित्र रहेको अधिकांश बिद्यालयहरु बन्द रहेको कुरा भने । तर, वास्तवमा नगरपालिका भित्र रहेको चारवटा माध्यमिक बिद्यालयहरु मध्ये तीन वटा मा.बि. र केही अन्य आधारभुत बिद्यालयहरु मात्र बन्द रहेका थिए भने बाकी खुलेकै थिए ।

यसबारेमा कपिलबस्तु जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाई समिति का उपसचिव (जिशिअ) सुरेन्द्रराज पराजुली संग कुरा गर्दा उहांले बढीरहेको गर्मी र शिक्षकहरुको अनुरोधमा, स्थानीय निकायसंग लिखित समन्वय गरी एकरुपता आउने गरी बिदा दिने निर्देश गरेको कुरा बताए । यसै सम्बन्धमा कपिलबस्तु जिल्ला को प्रमुख जिल्ला अधिकारी मदन भुजेल संग कुरा गर्दा उहांले बिदाको बारेमा मलाई केही जानकारी नभएको कुरा बताए ।

कृष्णनगर नगरपालिकाका प्रशासकीय अधिकृत गणेश प्रसाद अर्याल संग यसबारेमा सोध्दा उहांले यस बारेमा कुनै पनि औपचारिक बैठक नबसेको कुरा भने । साथै कृष्णनगर नगरपालिका को श्रोतब्यक्ति अर्जुन प्रसाद लोहारले यस बारेमा मलाई खासै जानकारी नभएको र २—३ वटा माध्यमिक बिद्यालयहरुले मात्र आफूखुशी बिदा दिएको कुरा भने ।

कृष्णनगरको नगरपालिकाको बिद्यालय निरीक्षक रामकरन पालसंग यस बारेमा चर्चा गर्दा उहांले कार्यव्यस्तताको कारण औपचारिक बैठक नबसेको र माध्यमिक बिद्यालयहरुको प्रधानाध्यपकहरुसंग मात्र कुरा भएको जानकारी दिनुभयो ।

कपिलबस्तु जिल्लामा सदरमुकाम तौलिहवा लगायत मायादेवी गावपालिकामा प्रायः बिद्यालयहरुमा दिवा कक्षा सञ्चालन भईरहेको थियो । जसले गर्दा बिद्यालयहरुले बिदा दिने निर्णय गरेका छन् । तर, कृष्णनगर नगरपालिकामा एउटा माध्यमिक बिद्यालय बाहेक सबै बिद्यालयहरुमा बिहानी कक्षा सञ्चालन भइरहेका थिए । जसमा कक्षा सञ्चालन गरेपनि कुनै समस्या नपर्ने शिक्षा प्रेमी तथा कृष्णनगर का स्थानीय बुद्धजीवीहरुको भनाई छ । अनावश्यक रुपमा दिइएको तीन दिनको बिदामा बिहीवार रजिष्टर डे भएकोले ९ बजेसम्म र शुक्रबार पनि ९ बजे सम्म मात्र कक्षा सञ्चालन हुने भएको हुदा त्यसमा खासै गर्मी नहुने कुरा बताउदै यसमा व्यक्तिगत स्वार्थ हुने स्थानीय अभिभावकहरुले प्रधानाध्यापकहरुमाथि आरोप पनि लगाएका छन् । देशका कर्णधार भनेर चिनिने यी बिद्यार्थीहरुको भबिष्य संग खेलवाड गर्दै हवातालमा बिदा दिने कार्यप्रति आक्रोशित बन्दै स्थानीय तथा शिक्षा प्रेमीहरुले संलग्न सबै बिद्यालयहरुलाई छानबीन गरी आवश्यक कारवाही गर्न माग गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter