शनिबार, २२ बैशाख २०८१

एकसय ३७ कोरियन भाषा नक्कली परीक्षार्थी पक्राउ

२८ जेष्ठ २०७५, सोमबार ००:२० मा प्रकाशित

काठमाडौँ, २७ जेठ (रासस) ः महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने १३७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।

परिसरअन्तर्गतका विभिन्न वृत्त तथा प्रभागको टोलीले काठमाडौँका विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई आज नियन्त्रणमा लिएको हो ।

परिसरका प्रवक्ता मोहनकुमार थापाले नौवटा परीक्षा केन्द्रमा अर्को व्यक्तिको परीक्षा दिन राहदानी र प्रवेशपत्रसमेत लिई परीक्षा दिइरहेको अवस्थामा चेकजाँच गर्दा नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

जेभियर इन्टरनेशनल स्कुल बौद्धबाट ५८, गोल्डेनगेट इन्टरनेशनल कलेज वत्तीसपुतलीबाट सात, भिएस निकेतन तिनकुनेबाट १४, नोबेल एकेडेमी नयाँ बानेश्वरबाट १०, युनिभर्सल कलेज मैतीदेवीबाट १६, टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजारबाट १९, एलआरआई स्कुल कलंकीबाट दुई, एनकेसिंह मेमोरियल कलेज नयाँ बानेश्वरबाट आठ र ट्रिनिटी इन्टरनेशनल कलेज डिल्लीबजारबाट तीन जनालाई नियन्त्रणमा लिइएको परिसरले जनाएको छ ।

पक्राउ परेकामध्ये १२७ पुरुष र १० महिला रहेको प्रवक्ता थापाले राससलाई जानकारी दिनुभयो ।

हतियार इजाजतपत्र रद्द

महानगरीय अपराध महाशाखाले हतियार दुरुपयोग गर्ने चार व्यक्तिको हतियार इजाजतपत्र रद्द गरेको छ । महाशाखाले हातहतियार खरखजाना ऐन २०१९ को दफा १० बमोजिम हातहतियार राख्दै आएका काभ्रेका वीरेन्द्रलाल श्रेष्ठ, बलराम सापकोटा, सोलुखुम्बुका आङ्काजी शेर्पा र मोरङका रघुनाथ पुरीको आज हतियार इजाजतपत्र रद्द गरेको हो ।

उनीहरुले ऐनको दफा बमोजिमका शर्त उलंघन गरी सर्वसाधारणलाई डर त्रास उत्पन्न गराउने, हतियार देखाई ठेक्का कब्जा गर्ने, हतियार सवारी साधनमा राखेर हिँड्ने गरेपछि महाशाखाको टोलीले हतियार इजाजतपत्र रद्द गरी हातहतियार बरामद गरेको हो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter