बुधबार, ०२ जेठ २०८१

कालिमाटि र बालाजुका ९९ तरकारी व्यापारी खतराको सूचिमा

बोम लाल गिरि

२६ जेष्ठ २०७५, शनिबार ११:४६ मा प्रकाशित

२५ जेठ, काठमाडौं । केयर खबर कालिमाटी तथाबालाजु  तरकारी बजार बेवास्थित गर्न को निम्ति कालिमाटि फलफूल तथा तरकारी बजार विकास समितिका अध्यक्ष तेज बहादुर सुवेदी, कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेल, किसानका प्रतिनिधि र व्यवशायी गरी ११ सदस्सीय कोड बैठकले गरेको निर्णयहरुः

कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले लामोसमयदेखि गरेको छानविन आधारमा कालिमाटी र बालाजुका फलफूल, तरकारी र माछा व्यापारीलाई चार भागमा वर्गिकरण गरिएको छ ।
जसअनुसार रातो, निलो, पहेलो र सेतो छन् ।
खतराको संकेत स्वरुप रातोमा पर्ने व्यापारी ९९ जना
अलि कम खतराको निलोमा पर्ने व्यापारी १३१ जना
फाट्ट फुट्ट नियम उलंघन गर्ने पहेलोमा २०९ जना र
खतरामुक्त अर्थात पूर्ण रुपमा नियम पालना गर्ने व्यापारी १५९ जना

रातोमा कस्ता व्यापारी ः
बजार क्षेत्रमा उपस्थित नहुने ।
कारोवारमा संलग्न नहुने ।
अन्य व्यक्तिलाई कारोवार गर्न दिएका ।
बजार अनुगमन र नविकरणको समयमा मात्र उपस्थित हुने ।
विदेशमा रहेकाmे अन्य व्यक्तिबाट कारोवार गरिरहेको ।
पसल भाडामा लगाएको ।

निलो लिष्टमा कस्ता व्यापारी ?
कारोवारमा कहिलेकाँही संलग्न भएपनि स्वयंले निरन्तर कारोवार नगरी अन्यबाट कारोवार गराएको ।
बजार क्षेत्रमा नियमित उपस्थित हुँदा पनि कारोवारमा संलग्नता नदेखिएको ।
आफन्तबाट कारोवार सञ्चालन गराएको ।
विदेशमा रहेका परिवारका सदस्य, आफन्छबाट कारोवार गराएको ।
सम्झौताविपरितका बस्तुको कारोवार गरेको ।

पहेलो लिष्टमा पर्नेहरु
स्वयंका साथसाथै अन्य व्यक्तिहरुबाट समेत कारोवार गराएको ।

सेतो लिष्टमा पर्नेहरु
पूर्ण रुपमा बजार विकास तथा सञ्चालन नियमावली २०६० र सम्झौत अनुसार कार्य गर्नेहरु ।

कार्वाही के ?
रातोलाई ः सम्बन्धित व्यक्तिलाई नै पत्रा बुझाई इजाजत पत्र खारेज गरी सम्झौता रद्ध किन नगर्ने भनि ७ दिन भित्र लिखित जवाफ माग्ने । चित्त नबुझे सम्झौता रद्ध गरी गोला प्रथाद्धारा अरुलाई दिने ।
निलोलाई ः नियमाअनुसार बसेको र व्यवशाय गरेको प्रमाणसहित ७ दिन भित्र स्पष्टिकरण बुझाउने ।
पहेँलो ः आगामी दिनमा गल्ती नगर्ने गरी सचेत गराउने ।
सेतोलाई ः यसै गरी नियम पालना गर्नु भनेर हौसला दिने ।

रातो लिष्टमा पर्नेहरु कहाँका कति ?
थोक विक्रेता ४५ जना
सहकारी समूह ५ जना
माछा व्यापारी ६ जना
२४ टहराका व्यापारी ५ जना
३८ टहराका व्यापारी २ जना
खुद्रा व्यापारी २१ जना
भण्डारमा १४ जना
फलफूल बजार २ जना र
बालाजुका खुद्रा व्यापारी ९ जना

निलो लिष्टमा पर्नेहरु कहाँका कति ?
थोक विक्रेता ६५ जना
फिससेडमा फलफूल ८ जना
सहकारी समहू १
माछा ६
२४ टहराका व्यापारी १८ जना
३८ टहराका व्यापारी ६ जना
खुद्रा व्यापारी २१ जना
केज भण्डारण १ जना
फलफूल बजार १ जना र
बालाजुका खुद्रा व्यापारी १ जना
सटरमा कारोवार ३

पहेंलो लिष्टमा पर्नेहरु कहाँका कति ?
थोक विक्रेता १६० जना
सहकारी समूह ८ जना
माछा व्यापारी ११ जना
२४ टहराका व्यापारी १ जना
३८ टहराका व्यापारी १जना
खुद्रा व्यापारी ८ जना
भण्डारमा १ जना
सटर ४
फलफूल बजार ७ जना र
बालाजुका खुद्रा व्यापारी ८ जना

सेता लिष्टमा पर्नेहरु कहाँका कति ?
थोक विक्रेता ४० जना
सहकारी समूह १ जना
माछा व्यापारी ३ जना
२४ टहराका व्यापारी ६ जना
३८ टहराका व्यापारी ३६ जना
खुद्रा व्यापारी १४ जना
केज ६
गोदाम ११
सटल १०
बालाजुका खुद्रा व्यापारी ३२ जना

गत सोमबार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चत्रपाणी खनाल, राज्यमन्त्री रामकुमारी चौधरी, मन्त्रालयका कर्मचारी लगायतले छड्के अनुगमन गरी मन्त्रीले कडा निर्देशन दिएपछि यो विषय निष्कर्षमा पुगेको हो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter