आइतबार, ३० बैशाख २०८१

सन २०३० सम्ममा नेपालमा बाल विवाह अन्त्य गर्ने ।।

अजय बर्मा तौलिहवा कपिलवस्तु

२६ जेष्ठ २०७५, शनिबार ११:२३ मा प्रकाशित

केयर खबर : जेष्ठ २५

सन २०३० सम्ममा नेपालमा बाल विवाह अन्त्य गर्ने लक्ष्यका साथ बाल विवाह अन्त्यका लागि राट्रिय रणनिति २०७२ जारी भैसकेको सन्दर्भमा स्थानिय निकायमा बाल विवाह अन्त्यका लागि आज अन्तरपुस्ता सम्बाद कार्यक्रम आज तौलिहवामा सम्पन्न भएको छ । कपिलवस्तु जिल्लामा बाल विवाह को समस्या अझै पनि रहेको हुनाले अभ स्थानिय तह मार्फत यो कार्य रोक गर्ने उद्देश्य यो कार्यक्रमको रहेको छ । कपिलवस्तु नगरपालिकामा गठित बाल क्लब,बाल संजालका बालबालिका, बिभिन्न बिषयगत निकायका सरोकार वाला व्यक्तिहरु बिच बाल विवाह को बारेमा सम्बाद भएको थियो । बाल विवाहको मुख्य कारण के हो ? बाल विवाहको रोकथामका लागि जिल्लामा धेरै संघसस्थाहरुले काम गरे पनि किन अझै नियुनिकरण भएन ?बिध्यालयमा किशोरीहरु रजश्वला भए भनि उनिहरुका लागि प्याडको व्यवस्था विधयालयले कहिले गर्ने ? दाईजो प्रथाको अन्त्य कहिले हुने ? उच्च शिक्षा पाउनेकि नाई जस्ता समस्या बाल क्लबका बालबालिकाहरुले उठाएका थिए । सोहि समस्याको जवाफ बिभिन्न विषयगत निकायका सरोकार वाला व्यक्तिहरुले दिएका थिए । प्क्ष्म्क् को आयोजना तथा न्ष्चकि लयत द्यचष्मभक ल्भउब िको सहयोगमा सो कार्यक्रम भएको थियो । जिल्ला समन्वय समितिका संयोजक नारायन खनालको अध्यक्षता रहेको सो कार्यक्रममा जिल्ला समन्वय समितिका उपाध्यक्ष तारावती चौधरी, ीम्इ जग्गदनाथ लामिछाने,जिल्ला प्रमुख मदन भुजेल,जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रमुख प्रहरी उपरिक्षक मनोज कुमार यादव,जिल्ला स्वास्थ्य कार्यलयका बरिष्ट जनस्वास्थ्य अधिकृत योज्ञन्द्र प्रशाद भगद,महिला तथा बालबालिका प्रमुख कमला पौडेल लगायतको आथित्यता रहेको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter