शनिबार, २२ बैशाख २०८१

त्रिभुवन विश्व बिद्यालयको लापरवाहीले रौतहटका सयौ बिद्यार्थीको भबिष्य अन्यौलमा

२५ जेष्ठ २०७५, शुक्रबार १४:१७ मा प्रकाशित

रमेश तिमलसिना
रौतहट
त्रिभुवन विश्व बिद्यालयको लापरवाहीको कारण रौतहटका सयौ बिद्यार्थीको भबिष्य अन्यौलमा परेको छ ।
पढाउने समयमा एउटा बिषय र प्रश्न पत्र अर्को बिषय पठाएपछि रौतहटको जन ज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरका स्नातक तहको तेश्रो बर्षमा अध्ययनरत बिद्यार्थीहरुको भबिष्य चौपट भएको हो ।
गत जेठ २ गते संचालित शिक्षा शास्त्र संकाय pop. edu.433 basic public health को सट्टा त्रिभुवन विश्व बिद्यालयले pop. edu.433 fundamentails of sexual and reproductive health को प्रश्न पत्र आएपछि बिद्यार्थीले परिक्षा नदिइ बाहिरीएका थिए । सो बिषय लिएर अध्ययन गर्ने २१ जना बिद्यार्थीको भबिष्य अन्यौल भएको छ ।
त्रिभुवन विश्व बिद्यालयका कर्मचारीको लापरवाही र सम्बन्धीत क्याम्पस तथा बिषयगत शिक्षक जानकार नहुदा यस्तो समस्या आएको त्रिभुवन विश्व बिद्यालयका सहायक डिन रबि किरण अधिकारीले बताए । पाठयक्रम फेरिने बारे सम्बन्धीत शिक्षक तथा संकाय प्रमुख चनाखो नभएको कारण पनि बिद्यार्थीले यस्तो अबस्था बेहोर्नु परेको सहायक डिन अधिकारीको भनाइ रहेको छ ।
त्रिभुवन विश्व बिद्यालयका कर्मचारीहरुले पनि देशैभरीका क्याम्पसहरुलाइ पाठयक्रम परिर्वतनबारे सर्कुलर नपाएकोले पनि यस्ता समास्या अन्य जिल्लामा देखिएको उनी स्वीकार छन । यता जन ज्योति क्याम्पस प्रमुख दुर्गा दाहालले यस सन्र्दभमा क्याम्पसको कुनै दोष नभएको बताउछन । जुन बिषय अध्यायपन गराइएको हो सो बिषयको परिक्षा फारम समेत बुझाउदा त्रिभुवन विश्व बिद्यालयले कुनै प्रतिक्रिया नदिनु र बिच समयमा आएर पाठयक्रम परिर्वन गर्नुले आफनो क्याम्पसका बिद्यार्थीको भबिष्य अन्यौल भएको क्याम्पस प्रमुख दाहाल बताउछन ।
स्तातक तह तेश्रो बर्षको शैक्षिक सत्र हरेक साउनबाट शुरु हुने भएकोले साउन अगाडी नै त्रिभुवन विश्व बिद्यालयले पाठयक्रम परिर्वतन गर्नु पर्ने हो तर बिद्यार्थीको आधा कोर्स पढाइ सकिएपछि पाठयक्रम परिर्वतन गरेको पत्तो समेत नदिएको क्याम्पस प्रमुख दाहालको दुखेसो छ । सो बिषय हेर्ने बिषयगत शिक्षक,संकाय प्रमुख हुदा हुदै पनि क्याम्पस प्रमुखलाइ मात्र दोष थोर्पनु राम्रो नभएको उनको भनाइ छ ।
यता उयउ। भमग।द्धघघ दबकष्अ उगदष्अि जभबतिज की शिक्षक शारदा भण्डारीले पाठयक्रम परिर्वतन भएको आफुलाइ थाहा नभएको बताएकी छिन । आफुले गत माघ महिनाबाट मात्र पढाउन शुरु गरेको र बाकी रहेको कोर्ष मात्र आफुले पढाएको उनीले बताइन । यता बिद्यार्थीहरुले आफनो भबिष्य माथि नै खेलवाड भएको गुनासो गरेका छन ।
त्रिभुवन बिश्व बिद्यालय तथा क्यम्पसको कारण आफनो भबिष्य नै अनिश्चित भएको सो बिषयको परिक्षा दिन नपाएका बिद्यार्थी प्रहलाद मैनालीले बताए । बिद्यार्थीको भबिष्य माथि एकदमै चरम लापरीवाही तथा खेलवाड भएको उनको भनाइ छ । यसरी बिद्यार्थीको जिवन माथि पटक पटक खेलवाड भइरहेको बिद्यार्थी नेता सुमन गौतमले बताए ।
यस्तो खेल क्याम्पस तथा त्रिभुवन बिश्व बिद्यालयले बन्द गर्नु पर्ने उनको माग छ । सो परिक्षको बिरोधमा अझै पनि क्याम्पस प्रमुख र प्रशासनमा स्वबियुले तालाबन्दी गरेको छ । बिद्यार्थीको माग सम्बोधन नभए सम्म ताला नखुल्ने र समस्याको समाधान चाडै गर्न जन ज्योति स्वबियु सभापति संगम श्रेष्ठले आग्रह गरेका छन । यदी शान्तीपुर्ण आन्दोलनले समस्याको समाधान नभएर कडा भन्दा कडा आन्दोलनमा उत्रने समेत उनले चेताबनी दिएका छन । यस्तो रौतहटको अरु क्पाम्पसहरु तथा सिन्धुली,सर्लाही जिल्लाका क्याम्पसहरुमा पनि देखिएको छ ।

saabhar: rajdhanidaily

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter