शनिबार, २९ बैशाख २०८१

बस दुर्घटनामा एकको मृत्यु, ३१ घाइते

२५ जेष्ठ २०७५, शुक्रबार ११:२३ मा प्रकाशित

तुलसीपुर, दाङ, २५ जेठ (रासस) ः जनकपुरबाट नेपालगञ्जतर्फ आइरहेको ना ५ ख १८२९ नम्बरको यात्रुबाहक बस पूर्व—पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–५ पहरुवामा आज बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सो दुर्घटनामा परी ३१ जना घाइते भएका छन् ।

वडा प्रहरी कार्यालय, लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले दिनुभएको जानकारीअनुसार मृत्यु हुनेमा भारतको उत्तर प्रदेश लखनपुरका पाँच वर्षीय बालक मुरली मोहमद रहेका छन् ।

घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको र अन्यको लमही अस्पतालमा उपचार भइरहेको छ ।

गाडी तीव्रगतिमा रहेको र चालक निदाएकाले बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter